Logo

कोरोना उपचारमा आईएमई फाउन्डेसनको साथ, शुक्रराज अस्पताललाई सवा करोडको अक्सिजन प्लान्ट हस्तान्तरण

कोरोना उपचारमा आईएमई फाउन्डेसनको साथ, शुक्रराज अस्पताललाई सवा करोडको अक्सिजन प्लान्ट हस्तान्तरण



काठमाडौं । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त प्लाण्ट हस्तान्तरण गरेका हुन् ।

यस अघि नेशलन बिजनेश इनिशिएटिभ र आइएमई फाउण्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसार नेशलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो । सोही अनुरुप फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको थियो ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL