Logo

साताको पहिलो दिन २७ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार

साताको पहिलो दिन २७ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक २७ दशमलव ३८ अंकले बढेको छ । गत हप्ता डेड क्याट ट्रर्यापमा परेर ओरालो लागेको नेप्से परिसुचक यो हप्ताको पहिलो दिन भने उकालो लागेको छ । गत हप्ता लगानीकर्ताहरु दबाबमा परेपनि यो हप्ता भने केही संयमित भएको देखिन्छ ।

उकालो लागेको बजारमा आईतबार कारोबार समयभरी २ सय २७ कम्पनीका २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएका छन । जसमार्फत ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बढिको कारोबार भएको छ ।

बजारमा समुहगत रुपमा बैंकिङ, व्यापार, जलविद्युत, उत्पादनमुलकलगायत ८ समुहको परिसुचक उकालो लाग्दा होटल पर्यटन, विकास बैंक, वित्तलगायत ५ समुहको परिसुचक ओरालो लागेको छ ।

आईतबार सेन्चुरी कमर्सीयल बैंक र माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेक लागेको थियो । यस्तै आज सेयरमूल्य धेरैले बढेका कम्पनीहरुमा युनाईटेड मर्दी, रिडी जलविद्यूत कम्पनी, सिभील बैंकलगायत कम्पनीहरु रहेका छन् । यस्तै गुर्खा फाईनान्स, एभरेष्ट बैंक, प्रोग्रेसिभ फाईनान्सलगायतका लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL