Logo

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा घट्ने पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो ।

बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घट्दै प्रतितोला ९० हजार ५ सय रुपैयाँमा झरेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL