Logo

यातायातले सार्वजनिक गर्यो सवारी लाईसेन्सको लिखित परिक्षामा आउने ५०० प्रश्न, यी प्रश्न जाने भईन्छ पास

यातायातले सार्वजनिक गर्यो सवारी लाईसेन्सको लिखित परिक्षामा आउने ५०० प्रश्न, यी प्रश्न जाने भईन्छ पास



काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र(लाईसेन्स)को लिखित परिक्षामा आउने प्रश्नहरुको संग्रह प्रकाशित गरेको छ । विभागले बुधबार अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो ।

विभागले सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का आधारमा उक्त प्रश्नहरु सार्वजनिक गरेको हो । यसअघि गत चैत १९ गते मोटरसाईकल, स्कुटर, मोपेड, कार, जिप तथा डेलिभरी भ्यानको लाईसेन्स परिक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्विकृत भईसकेको छ ।

उक्त निर्देशिकाका आधारमा परिक्षार्थीहरुलाई सोधिने प्रश्नहरुको संगालो पहिले सार्वजकि गरिनुपर्ने र सोही संगालोबाटै प्रश्नहरु पछि परिक्षार्थीहरुलाई सोधिने व्यवस्था छ । अब विभागले लिने लिखित परिक्षामा आज प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्नेछ ।

वर्ग ए र के (मोटरसाईकल, स्कुटर, मोपेड) को प्रश्न पढ्न यहाँ क्लिक गर्नुहोला ।

वर्ग बी (कार, जिप तथा डेलिभरी भ्यान)को प्रश्न पढ्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL