Logo

चार लघुवित्तको आईपीओ आउँदै, दुई ओटाको तोकियो निष्काशन मिति

चार लघुवित्तको आईपीओ आउँदै, दुई ओटाको तोकियो निष्काशन मिति



काठमाडौं । सर्वसाधारणका लागि विभिन्न ४ ओटा लघुवित्तीय संस्थाले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएका छन् । सर्वसाधारणका लागि आईपीओ निष्काशनका लागि नियामक नियकामा आवेदन दिएका मध्ये २ ओटाले स्वीकृति पाईसकेका छन् भने २ ओटा स्वीकृति पाउने चरणमा रहेका छन् ।

बोर्डका अनुसार आईपीओ निष्काशनका लागि जीवन विकास लघुवित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्तीय संस्था र मानुसी लघुवित्तीय संस्थाले आवेदन दिएका थिए । जसमध्ये जीवन विकास र मनकामनाले आईपीओ निष्काशनको स्वीकृति पाएर निष्काशन मिति समेत तोकिसकेका छन् ।

सर्वसाधारणका लागि जीवन विकासले यहि असार ११ गतेदेखि आवेदन खुला गर्ने भएको छ । सर्वसाधारणका लागि कुल १९ लाख ७७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको सो लघुवित्तमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

यसैगरी आईपीओ निष्कानका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको मनकामना स्मार्टले असार १७ गतेदेखि सर्वासाधारणका लागि सेयर जारी गर्ने भएको छ । कुल ३ लाख ७९ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको सो लघुवित्तमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । मनकामना स्मार्टको पनि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलनै रहेको छ ।

यसैगरी आईपीओ निकाष्शनको माग गर्दै धितोपत्र बोर्ड पुगेको मानुसी र नेष्डोले भने स्वीकृति पाउने चरणमा रहेका छन् । मानुुसीले आईपीओ निष्काशनका लागि बैंशाख १३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । जसको बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ रहेको छ । उसले सर्वसाधारणका लागि ३ लाख ९३ हजार कित्ता सेयर जारी गर्ने भएको छ ।

यस्तै नेष्डोले पनि ८ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको छ । ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको नेष्डोले आईपीओ निष्काशनका लागि बोर्ड समक्ष जेठ ६ गते आवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL