Logo

निम्बसको सामाजिक कार्य, सहायता केन्द्रहरुलाई १० लाख बढी मास्क वितरण

निम्बसको सामाजिक कार्य, सहायता केन्द्रहरुलाई १० लाख बढी मास्क वितरण



काठमाडौं । निम्बसले कोभिड–१९ महामारीमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलार्य नेपालभरि १ सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

‘आफ्नो ज्यान जोखिममा राखी महामारी विरुद्ध लड्ने सबै जना प्रति हामी कृतज्ञ छौं’ निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले भने, ‘हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।’

उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने निम्बस स्वास्थ सामाग्री उत्पादन गर्ने एक अंग हो ।

निम्बसको यस स्वास्थ्य सामाग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL