Logo

सेयर बजारमा ‘डेड क्याट बाउन्स’को सम्भावना, कसरी अघि बढ्ने लगानीकर्ता ?

सेयर बजारमा ‘डेड क्याट बाउन्स’को सम्भावना, कसरी अघि बढ्ने लगानीकर्ता ?



काठमाडौं । लगानीकर्ताहरुको विश्लेषण विपरित छोटो समयमा उच्च गतिमा बढेर ३ हजार अंक पार गरेको बजारमा ‘डेड क्याट बाउन्स’ (मरेको बिरालो उफ्रने) को सम्भावना देखिएको छ । गतहप्तादेखि ओरालो लागेको बजारमा पेनिक सेल आउँदा बजारमा उच्च गतिमा घट्न पुगेको थियो । तर मंगलबार बजार खुलेको केही समयमै उच्च बढेको र त्यस लगत्तै उच्च उतारचढाव आउन थालेपछि सेयर बजारमा डेड क्याट बाउन्सको सम्भावना उच्च रहेको सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् ।

जसरी मरेको विरोलो माथिबाट फाल्दा भुईमा बजारिएर माथि उफ्रन्छ त्यसरी अहिले घटिरहेको बजारमा पनि आज भएको सेयर कारोबारको ग्राफले उक्त सन्देश दिएको एक ठूला लगानीकर्ताले बताए । ‘घटिरहेको बजारमा माथि उठाउने र तल झर्नेबीच कडा प्रतिस्पर्धा जस्तो देखिएको छ,’ ती लगानीकर्ताले भने, ‘यदि बजार धानिने थियो भने बजार खुलेदेखिनै स्टेवल तरिकाबाट अघि बढ्नु पर्दथ्यो तर जुन खालको उतारचढाव देखियो त्यसले झनै लगानीकर्तालाई ट्रयापमा पार्ने सम्भावना बढी देखिएको छ ।’

छाटो समयमा बढेर ३ हजार अंक पार गरेको नेप्सेले पछाडि फर्नने बाटो खोजिरहँदा नेपाल राष्ट्र बैंकको सर्कुलर र धितोपत्र बोर्डले छानविनलाई आधार बनाएर ओरालो यात्रा तय गरेको थियो । बजार एउटा विन्दुबाट फर्कन कारण खोजिरहँदा नियामकको उक्त कसीले थप सहज बनाईदिएको थियो ।

केही समयअघिसम्म बजारमा बैंक तथा वित्तीय संस्थाले सर्टटर्म कारोबार गर्दा बजार घट्न लाग्दा तिनै बैंक तथा वित्तीय संस्थाले धान्दै आएका थिए । विशेषगरी बैंकका संचालक तथा संस्थापक रहेका ठूला लगानीकर्ताले आफुले सेयर उठाउने र घट्दा लाग्दा आफु अनुकुल हुनेगरी आफु आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत सेयर खरिद गराएर बजारलाई माथि उचाल्दै आएका थिए । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १ वर्षभन्दा कम अवधिको सेयरमा लगानी गर्न रोक लगाएको र जसले गर्दा घटिरहेको बजारमा बैंक तथा वित्तीय संस्थाको प्रवेशमा रोक लागेको कारण अहिले घट्दो बजारलाई थेग्न कठिन भैरहेको सम्बद्ध लगानकर्ताहरुनै बताउँछन् । यस्तो अवस्थामा ठूलो लगानीकर्ताहरु क्षणिक समयको लागि बजार धान्नका लागि गेम्लिङमा लाग्ने भएकाले साना तथा सोधासिधा लगानीकर्ताहरु थप चनाखो हुनुपर्ने समेत ती लगानीकर्ताले जानकारी दिए ।

साथै गत हप्तामात्रै नियामक निकाय धितोपत्र बोर्डले विभिन्न ५१ ओटा कम्पनीको सेयरमा कर्नरिङ र सर्कुलर ट्रेडिङ गरेर मूल्य बढाएको र सो सम्बन्धमा छानविन भैरहेको भन्दै विज्ञप्ति जारी गरेपछि त्यससँग जोडिएका लगानीकर्ताहरु थप सशंंकित भएर बाहिरन थालेको समेत सम्बद्ध लगानीकर्ताहरु बताएँछन् । यस अघि गैरकानूनी तरिकाबाट बजारमा रकम प्रवेश गराएर सेयर कनरिङ र सर्कुलर ट्रेडिङ गर्ने लगानीकर्ता बाहिरिएको र बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकको सर्कुलरका कारण सर्टटर्म कारोबारका लागि प्रवेश गर्न नपाउने भएकाले पनि बजारमा अब डेड क्याट बाउन्सको सम्भावना उच्च रहेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘अहिले घटिरहेको बजारमा लगानीकर्ताहरुले केही क्षणका लागि भएपनि परिसुचक उचाल्नेछन्,’ एक लगानीकर्ताले भने, ‘जसरी हामीले बजारमा डेड क्याट बाउन्सको कुरा गरिरहेको छौं त्यसरीनै बजार ‘फल’ हुने सम्भावना उच्च देखिएको छ ।’ यस्तो अवस्थामा लगानीकर्ताहरु थप सतर्क रहनु पर्ने समेत ती लगानीकर्ताको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL