Logo

डा. खतिवडालाई जिम्मेवारी थप, कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूत नियुक्त

डा. खतिवडालाई जिम्मेवारी थप, कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूत नियुक्त



काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई जिम्मेवारी थप गरिदिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL