Logo

बजारमा पेनिक सेल आउँदा ७१ अङ्कले घट्यो नेप्से, १८ कम्पनीका लगानीकर्ताले कमाउँदा १७८ कम्पनीकाले गुमाए

बजारमा पेनिक सेल आउँदा ७१ अङ्कले घट्यो नेप्से, १८ कम्पनीका लगानीकर्ताले कमाउँदा १७८ कम्पनीकाले गुमाए



काठमाडौं । ठूला खेलाडी बाहिरिएसँगै दबाबमा परेको सेयर बजारमा सोमबार ७१ अङ्कको गिरावट आएको छ । राष्ट्र बैंकको निर्देशन अनुरूप बैंक तथा वित्तीय संस्थालाई सर्टटर्मका लागि सेयर बजारमा लगानी गर्न समस्या उत्पन्न भएको र त्यसैलाई आधार बनाएर केही चलाख ठूला लगानीकर्ताहरू पनि तत्कालका लागि बाहिरिएका कारण बजारमा पेनिक सेल आएको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । 

laxmi

राष्ट्र बैंकको सर्कुलर आउनुभन्दा अघिसम्म बैंक तथा वित्तीय संस्थाहरूले नै ट्रेडरको काम गर्दै आएका कारण बजार उच्च गतिमा बढ्न पुगेको थियो । तर पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि ५१ कम्पनीको नाम सार्वजनिक गर्दै इन्साईडर ट्रेडिङ र सकुर्लर ट्रेडिङको छानविनलाई अघि बढाएको र बैंक तथा वित्तीय संस्थालाई पनि सर्टटर्म कारोबारमा रोक लगाएका कारण बजारमा उच्च गिरावट आएको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । 

बजारमा पेनिक सेल आएकै कारण सोमबार बजार थालेदेखिनै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ७१.०६ अंकले घट्न पुगेको छ । जसमा १७८ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । तर घट्दो बजारमा पनि १७ कम्पनी सेयर मूल्य भने बढ्न पुगेको छ । सोमबार दिनभर ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

बजारमा सबै समुहका परिसुचक घट्न पुगेका छन् । जसमा जीवन बीमा समुहको परिसुचक ४५१ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक ४२५ अङ्कले ओरालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसूचकमा पनि ३४ अंकको गिरावट आएको छ । यसैगरी विकास बैंक २१०, होटल तथा पर्यटन १६५, जलविद्युत १५०, फाइनान्स १२०, उत्पादनमूलक १७१ ले अङ्कले घट्न पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL