Logo

हुन्डाईको ‘प्यालिसेड’ नेपाल भित्रियो, सुरुवाती मूल्य २ करोड

हुन्डाईको ‘प्यालिसेड’ नेपाल भित्रियो, सुरुवाती मूल्य २ करोड



काठमाडौं । हुण्डाईको नयाँ कार प्यालिसेड नेपाल भित्रिएको छ । हुण्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड कार नेपाल भित्र्याएको हो ।

laxmi

उक्त नयाँ कार छिट्टै आधिकारीक रूपमा सार्वजनिक हुने भएको छ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर टर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्डको इन्डेभरसँग हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL