Logo

एकैदिन प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला ९० हजार ८ सय मा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

महासंघले जारी गरेको मूल्यसूचि अनुसार आज बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL