Logo

नेप्से परिसुचक ३ हजार विन्दुमाथी, १८ अर्ब ८८ करोड बढिको कारोबार

नेप्से परिसुचक ३ हजार विन्दुमाथी, १८ अर्ब ८८ करोड बढिको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले आज नयाँ रेकर्ड कायम गरेको छ । सोमबार बजार ४२ दशमलव ७२ अंकले बढ्दै ३ हजार विन्दुमाथी पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै आज बजारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बढिको कारोबार भएको छ । आज २ सय २१ कम्पनीका ३ करोड ५० लाख २७ हजार कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै आज समुहगत परिसुचकमा बैंकिङ, होटल तथा पर्यटन, वित्तलगायत ७ समुहको मूल्य परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL