Logo

बोर्डका अध्यक्ष ढुंगानाले भने, नयाँ स्टकको अध्ययन सकियो, बजारलाई प्रतिस्पर्धी बनाउन अर्को स्टक एक्सचेञ्ज ल्याउछौं

बोर्डका अध्यक्ष ढुंगानाले भने, नयाँ स्टकको अध्ययन सकियो, बजारलाई प्रतिस्पर्धी बनाउन अर्को स्टक एक्सचेञ्ज ल्याउछौं



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्ज संचालनमा ल्याउने भएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेञ्जको अध्ययन सकिएको र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई प्रतिस्पर्धी बनाउनका लागि पनि नयाँ स्टक एक्स्चेञ्ज ल्याउन लागिएको बताएका हुन् ।

उनले बोर्डको २९ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नयाँ स्टक एक्सचेञ्ज संचालनमा ल्याउने विषयमा अध्ययन सकिएको त्यसको विषयमा सञ्चलक समितिको बैडकमा छलफल हुन भने बाँकी रहेको जानकारी दिएका हुन् । साथै बजारमा नयाँ लगानिकर्ता भित्रीएसँगै कारोबार प्रणालीमा जोखिम बढेको भन्दै उक्त जोखिमको व्यवस्थापन गर्न, बजारको बढ्दो माग तथा प्रभावकारीताको लागि समेत नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको उनको भनाई थियो ।

हाल बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन लागिएको र त्यससँगै केही बर्षमै नेपालको पूँजी बजार नयाँ युगमा प्रवेश गर्ने समेत उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL