Logo

महामारीमै चम्केको बाईक सेयरिङ सेवा, १ बर्षमै १ तिहाईले बढ्यो आम्दानी

महामारीमै चम्केको बाईक सेयरिङ सेवा, १ बर्षमै १ तिहाईले बढ्यो आम्दानी



काठमाडौं । कोरोना भाईरस महामारीमा सबैभन्दा बढि पिडामा परेको क्षेत्रमध्ये एक हो यातायात क्षेत्र । लकडाउनका कारण विदाजस्तै भएपछि मानिसहरु घरभित्रै बसेपछि यातायात क्षेत्र प्रभावित भएको हो ।

तर, यसकै बीच बाईक(साईकल) सेयरिङ सेवा भने उकालो लागेको देखिन्छ । स्ट्याटिस्टा मोबीलीटी आउटलुकका अनुसार गत बर्षको कोरोना महामारीमै यातायात क्षेत्रका अन्य उपक्षेत्रहरु सिथिल भएपनि विश्वभर बाईक सेयरिङ सेवाको आम्दानी एक तिहाई बढिले बढेको छ ।

खुला र २ जना मात्रै सवार गर्ने पाईने भएपछि यो सेवा उभो लागेको बताईन्छ । तथ्यांक अनुसार यातायात क्षेत्र सन २०२१ भित्रै पुरानै लयमा फर्किने बताईएको छ । यसमध्ये वायुसेवा कम्पनीहरु भने सन २०२० मा बढि नै मारमा परेको देखिन्छ । यस्तै अवस्था लामो दुरीका बसहरु, रेलसेवा र अन्य कार सेवाहरुमा पनि छ ।

कोरोना महामारीका कारण विश्वभर सन २०२१ मा बाईक सेयरिङ सेवाको राजस्वमा ५ प्रतिशत वृद्धि हुने देखिन्छ । उक्त अध्ययनमा लामो दुरीका सार्वजनिक सवारीसाधन, रेल, हवाई यातायातलगायतलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL