Logo

किटाणुनाशक फिल्टर भएको एलजीका नयाँ एसी बजारमा, ७० प्रतिशतसम्म बिजुली खपत कम गर्ने

किटाणुनाशक फिल्टर भएको एलजीका नयाँ एसी बजारमा, ७० प्रतिशतसम्म बिजुली खपत कम गर्ने



काठमाडौं । एलजीको आधिकारीक विक्रेता सिजी इम्पेक्सले एन्टी भाईरस फिल्टर भएको एलजी को एसी नेपाली बजारमा ल्याएको छ । कम्पनीले ल्याएको उक्त एन्टी भाईरस फिल्टरले भित्री वातावरण को किटाणुहरुलाई नष्ट गर्दछ र ताजा वातावरण बनाउँदछ । एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याब बाट किटाणु नष्ट पार्ने समेत कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार उक्त एसीमा फोर इन वान कन्र्भटेबल मोड रहेको छ, जसले एसी लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरि पैसा पनि बचत गर्दछ ।

यस एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै यसले ७०% सम्म विजुली खपत पनि कम गर्दछ ।

यस एलजीको एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजि जसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ, जसले गर्दा एसीको आयु बढाउनुका साथै लामो समय सम्म चल्दछ । एलजीको एसीले ४०% चाडो चिसो वा तातो बनाउँदछ साथै वातावरण मैत्रि आर३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेण्टी पनि रहेको छ ।

अहिले नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको निशुल्क एसीजडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL