Logo

करिव साढे ४ अंकले बढ्यो नेप्से, २३ करोडको कारोवार

करिव साढे ४ अंकले बढ्यो नेप्से, २३ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक ४ दशमलव ४२ अंकले सो दिन सेयर बजार १ हजार ७५ दशमलव ८० अंकमा पुगेर बन्द भएको छ । सोमबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेपनि समग्र सेयर बजार भने उकालो लागेको हो ।

सो दिन अन्य समुहको परिसुचक ५५ दशमलव २१ र होटल समुहको १२ दशमलव ७६ अंक्ले उकालो लागेको छ । यता बीमा,जलविद्युत, बैंकिङ समुहको परिसुचक क्रमशः १९ दशमलव ५८, ४ दशमलव ४९ र २ दशमलव ३७ अंक्ले ओरालो लागेको छ ।

त्यस्तै उत्पादन २ दशमलव ३३, विकास बैंक २ दशमलव ०९ र फाइनान्स समुहको परिसुचक ० दशमलव ० ९ अंकले घटेको छ । सो दिन १ सय ३ ओटा कम्पनी कारोवारमा आक्एा थिए ।

ती कम्पनीको ४ लाख १८ हजार कित्ता सेयरबाट २३ करोड ७५ लाख बराबरको कारोवार भएको छ

प्रतिक्रिया दिनुहोस्
MBL