Logo

अफिसको काम मोबाईलबाटै गर्नुहुन्छ ? तपाईको वर्क लाईफ नै खतरामा पर्दैछ

अफिसको काम मोबाईलबाटै गर्नुहुन्छ ? तपाईको वर्क लाईफ नै खतरामा पर्दैछ



काठमाडौं । अहिले प्रायजसो विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरुले आफ्नो काम जतिवेला पनि जहाँबाट पनि गर्न सक्दछन । वर्क फाउन्डेसनका अनुसार २०१६ मा विभिन्न कार्यलयमा काम गर्ने लगभग ३० प्रतिशत कर्मचारीहरुले आफ्नो काम कार्यलयमा नआईकनै अनेक स्थानबाट गर्ने गरेको पाईएको छ । फाउन्डेसनका अनुसार उक्त तथ्याँक अबको केही बर्षमा ७० प्रतिशतमा पुग्नेछ ।

मोबाईलमार्फत काम गर्ने कर्मचारीहरु आफ्नो कार्यलयको काम घरमा बसेर, विभिन्न सार्वजनिक स्थानमा बसेर या आफ्ना क्लाइन्टसँग बसेर पुरा गर्न सक्छन । अहिलेको समयमा जोसँग ल्यापटप, ट्याब्लेट, स्मार्टफोन र ईन्टरनेट कनेक्सन छ उनीहरुलाई काम पाउन गार्हो पर्दैन । यसै विषयमा एक कर्मचारीले भनेका छन, ‘मेरो कम्प्युटर नै मेरो कार्यालय हो ।’

मोबाईलबाट काम गर्न धेरै सजिलो छ जसले जहाँबाट तथा जहिले पनि काम गर्नलाई मद्दत मिल्दछ । यसले धेरैलाई खासगरी महिलाहरुलाई पैसा आउने कामका साथै घरमा केयरिङ गर्नका लागि पनि सजिलो गरिदिएको छ । जसबाट उनीहरुले कुनै सम्पर्कका माध्यमबाट एकातिर काम र अर्काेतिर घरको उत्तरदायित्व पुरा गरिरहेका हुन्छन । यसले मानिसलाई घरबाटै या नजिकको कर्पाेरेट स्थानबाट काम गर्न सक्षम बनाएको छ जसले उनीहरुको समय बचाउनुका साथै पर्यावरणिय हिसावले पनि स्वच्छ मानिएको पाईन्छ । साथै यसले कुनै संस्थाको कार्यलयमा हुने गरेको विभिन्न भौतिक बस्तु जस्तै डेस्क, विभिन्न फर्निचर लगायतका सामानहरु घटाउन मद्दत पुग्दछ जसका कारण कुनै कार्यालयको लागत पनि कम भएको पाईन्छ ।

तर केही ब्यक्तिगत पक्षका लागि भने यो चुनौतीपुर्ण छ । एक अनुसन्धानका अनुसार तपाईको काम र गैरकामबीच दुरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

साथै मोबाईलबाट काम गर्ने कर्मचारीहरुले बाह्य चाप धेरै सहनुपर्ने हुन्छ । जस्तै काम गर्ने दिनमा कार्यालयबाट आउने चाप र अन्य स्थानबाट आउने चाप उत्तिकै हुन्छ । मोबाइलबाट काम गर्ने कर्मचारीहरु उद्यमी नै भएपनि काम गर्ने चाप भने बढ्ने एक अध्ययनले देखाएको छ । उनीहरु आफ्नो ट्याव्लेट वा स्मार्टफोनमार्फत धेरै भन्दा धेरै समय व्यतित गरेर समय बर्वाद गर्न पनि पछि पर्दैनन । तिनीहरु ब्रेक पनि लिन पाउँदैनन । यस्तै केही यस्ता मोबाईल कर्मचारीको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको पाईएको छ । जसका कारण तिनीहरुको सोचाई शक्तिमा पनि ह्रास आउने गरेको पाईन्छ । यस्तै कहिलेकाही ब्रेकको लागि भनेर १० मिनेटको समय मिलाए पनि ईमेल तथा विभिन्न नोटिफिकेसनको आवाजले उनीहरुको मनस्थती परिवर्तन गरिदिएको हुन्छ ।

अन्य समस्याहरुमा उनीहरुले आफ्ना ईमेल दिनमा मात्रै नभएर राती पनि या अनुपयुक्त समयमा पनि चेक गरिरहनु पर्ने भएकाले पनि कामको चाप बढेको पाईन्छ ।
यसरी मोबाइलमार्फत काम गर्ने कर्मचारीहरुका लागि यो बेफाईदाजनक भएपनि कुनै कम्पनी या संघसंस्थाका लागि भने निकै महत्वाकांक्षी पाटो मानिएको छ । जसले कम्पनी या कार्यलयको लागत घटाउनुका साथै उत्पादकत्प पनि बढाउन मद्दत पुग्ने विशेषज्ञहरु बताउँछ । तर मोबाइलबाट काम गर्न रुचाउने कर्मचारीको भने दैनिकी नै परिवर्तन हुनेगरी नकारात्मक असर पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL