Logo

भारतको जी इन्टरटेन्मेन्टले गर्यो चलचित्र नगरीको स्थलगत अध्ययन, छनौटमा धादिङ र गोरखा

भारतको जी इन्टरटेन्मेन्टले गर्यो चलचित्र नगरीको स्थलगत अध्ययन, छनौटमा धादिङ र गोरखा


रासस
27
Shares

काठमाडौं । चलचित्र नगरी निर्माणका लागि गोरखा र धादिङमा स्थलगत अध्ययन गरिएको छ । भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको हो ।

भारतका एक्सेल ग्रूपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छन् ।

यसअघिका सरकारले चलचित्र नगरी निर्माणका लागि दोलखाको लाँकुरीडाँडामा अध्ययन गरेको थियो । नेपाली कलाकारसमेतको उपस्थितिमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय कलाकार प्रदाले नेपाल–भारत सम्बन्धका लागि सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताए ।
जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष चन्द्राले पालुङटारका नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताए । भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली नारा सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL