Logo

काममा जापान, खानामा फ्रान्स, सुत्नमा दक्षिण अफ्रिका : यस्तो छ विश्वमा मानिसहरुको दैनिकी (सूचीसहित)

काममा जापान, खानामा फ्रान्स, सुत्नमा दक्षिण अफ्रिका : यस्तो छ विश्वमा मानिसहरुको दैनिकी (सूचीसहित)



काठमाडौं । विश्वभर मानिसहरुसँग समय भनेको प्रतिदिन २४ घण्टा नै हुने हो । तर, हामीहरुले उक्त २४ घण्टालाई एकै प्रकारले भने विताउँदैनौ । कतिपयले आफ्नो समय पारिवारिक र घरायसी काममा विताउँछन् भने कतिपयले आराम, राम्रो निद्रा तथा साथीभाईसँगको भेटघाटमा विताउँछन् ।

laxmi

तलको चित्रले विश्वका मानिसहरुले एक दिनभरीको समयलाई औसतमा कसरी सदुपयोग गर्छन भनेर देखाइएको छ । यो तथ्यांक आर्थिक सहायता तथा विकास संगठन (ओइसीडी) को हो । तथ्यांकमा विभिन्न ३३ देशका १५ देखि ६४ बर्ष उमेर समूहको मानिसहरुलाई समेटिएको छ ।

चार्टमा देखाईए अनुसार विश्वभरका मानिसहरु प्रायः समय काम गरेर नै बिताउँछन् भने पछिल्लो समय आरामसँगै खेलेर समय विताउनेको संख्यामा वृद्धि भईरहेको छ ।

जीवनमा काम गरेर समय विताउनेहरुको पहिलो पंक्तिमा भने जापानका नागरिकहरु पर्दछन् । अध्ययन प्रतिवेदन अनुसार जापानका प्राय मानिसहरुले दिनमा साढे ५ घण्टा कामका विताउँछन् । यस्तै जापानमा एक हप्तामा सबैभन्दा बढी ओभरटाईम काम गर्न सकिनेसमेत सुविधा रहेको छ ।

साथै युरोपेली देशहरु जस्तै फ्रान्स र स्पेनका नागरिकहरु भने पर्सनल केयर र खेलमा सबैभन्दा बढी समय विताउने गर्दछन् । उनीनहरुले प्रतिदित ३ घण्टाको दरले मात्रै काम गर्ने गरेका छन् ।

यस्तै सबैभन्दा धेरै सुतेर समय विताउनेहरुमा भने दक्षिण अफ्रिकाका मानिसहरु परेका छन् र उनीहरु प्रतिदिन ९ घण्टासम्म सुत्ने गरेको तथ्यांकमा उल्लेख छ । यस्तै जर्मनीका मानिसहरु भने प्रतिदिन ३२ मिनेटको समय सपिङ गरेरै विताउने गरेका छन् । यस्तै फ्रान्सका मानिसहरु प्रतिदिन २ घण्टाको समय खाना खान विताउने गर्दछन् । विश्वमा खानामा सबैभन्दा धेरै समय विताउने देश नै फ्रान्स हो ।
विफोरमबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL