Logo

अब महिला र पुरुष फुटबल खेलाडीले बराबर पारिश्रमिक पाउने, ब्राजिलले गर्यो घोषणा

अब महिला र पुरुष फुटबल खेलाडीले बराबर पारिश्रमिक पाउने, ब्राजिलले गर्यो घोषणा



काठमाडौं । ब्राजिलियन फुटबल कन्फीडेरेसन (सीबीएफ) महिला र पुरुष राष्ट्रिय फुटबल टिमलाई बराबर पारिश्रमिक वा पुरष्कार दिने घोषणा गरेको छ । सीबीएफले बुधबार दुबै लींगका खेलाडीहरुलाई बराबर मात्रामा पुरष्कार दिने घोषणा गरेको हो ।

laxmi

सीबीएफका प्रमुख रोग्रियो क्याबोक्लोले अब खेलमा लैंगिक असमानता नहुने बताएका छन् । सीबीएफले सकर खेलका लागि २ जना महिला कोअर्डिनेटरसमेत नियुक्त गरेको छ ।

पछिल्लो समय पुरष्कारको कुरामा होस या पारिश्रमिकको कुरामा होस अमेरिकी सकर टिममा समेत भेदभाव हुने गरेको छ । जसका कारण महिला खेलाडीले कमाउने रकम र पुरुष खेलाडीले कमाउने रकमबीच ठुलो खाडल हुने गरेको छ । विफोरमबाट

प्रतिक्रिया दिनुहोस्
MBL