Logo

कोकाकोला नेपाली ताराको दोस्रो चरणबाट ४० जना छानिए

कोकाकोला नेपाली ताराको दोस्रो चरणबाट ४० जना छानिए


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता, काठमाडौं । ‘कोकाकोला नेपाली तारा–३’ रियालिटी शोको दोस्रो चरणको पियानो राउण्डबाट ४० जना प्रतियोगी छानिएका छन् । दोस्रो चरणमा रहेका २ सय ३४ प्रतियोगीबाट ४० जना प्रतियोगी छानिएको आयोजकले जानकारी दिएको छ ।

कोकाकोला नेपाली तारा ३ को अडिशन गत भदौ १७ धरानबाट शुरु भएको हो । प्रतियोगिताको विजेताले एउटा मोटरसाइकलका साथै २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, विजेताले कोकाकोला नेपाली ताराका रुपमा म्युजिक भिडियोसहित तीनओटा गीत गाउने अवसर पाउनेछन् । अन्तिम १० मा पुग्ने प्रत्येक प्रतियोगीले ११ हजार नगद पुरस्कारका साथै विशेष टप १० एल्वममा एउटा गीत गाउने अवसर पाउनेछन् ।

Bizkhabar - Cocala Nepali tara

त्यस्तै, विजेताले डिजिटल की प्रडक्शनको प्रायोजनमा अष्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् । दुई सर्वोत्कृष्ट विजेताले थर्डआई यूकेको प्रायोजनमा लण्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीले जियोनी मोबाइल फोन प्राप्त गर्ने आयोजकले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL