Logo

‘सुरक्षित घर’ एप्स सार्बजनिक, पुनर्निर्माणबारे जानकारी मोबाइलबाटै

‘सुरक्षित घर’ एप्स सार्बजनिक, पुनर्निर्माणबारे जानकारी मोबाइलबाटै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि बिल्ड चेञ्ज ले निर्माण गरेको ‘सुरक्षित घर’ मोबाइल एप्स शुभारम्भ भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले मंगलबार उक्त एप्सको सुरुवात गरेका हुन् ।

एप्समा प्राधिकरणका सन्देशहरु, आवश्यक जानकारी, अडियो भिडियो सामग्री समावेश गरिएका छन् । यो एप्सबाट भूकम्प प्रतिरोधक भवन निर्माणबारे सूचना, सुझाव र समाधानका उपायहरु पनि प्राप्त गर्न सकिन्छ । एप्स शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले एप्स आवास निर्माण गरिरहेका तथा गर्न चाहने लाभग्राहीलाई उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डा. पोखरेलले दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्न इञ्जिनियरको अभाव भएकोले निर्वाचनलगत्तै १४० जना इञ्जिनियर खटाउने तयारी भएको जानकारी दिए ।

त्यस्तै हरेक दिन करिब पाँच सय लाभग्राहीले दोस्रो किस्ता लिइरहेको बताए । उनले स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएपछि यो गति तीव्र रुपमा अघि बढ्ने समेत बताए ।

विभिन्न गाउँमा पुग्दा तालिमप्राप्त जनशक्तिको अभाव सबैभन्दा ठूलो समस्या रहेको आफ्नो अनुभव सुनाउँदै त्यो पूर्ति गर्न अहिले करिब १० हजारले विभिन्न स्तरका तालिम लिइरहेको पनि जानकारी दिए ।

विल्ड चेञ्जका नेपाल निर्देशक नोल तुफानीले भूकम्प प्रभावितलाई प्राधिकरणमार्फत् सहयोग गर्न एप्स निर्माण गरिएको बताए ।

एप्समा सरकारी स्तरबाट पारित घरका डिजाइनका साथै वडा स्तरबाट सरकारी मान्यतासहित तालिमप्राप्त जनशक्ति (सिकर्मी, डकर्मी) र विभिन्न विभागबाट खटिएका प्राविधिहरुका सूची पनि समावेश गरिएको छ ।

एप्समा सरकारी अनुदान लिने प्रक्रिया, पालना गर्नुपर्ने नियम तथा विधिकाबारेमा अडियो र भिडियोमार्फत् जानकारी प्राप्त गर्न सकिन्छ । अडियोभिडियो सामग्रीबाट निरक्षर लाभग्राहीले पनि जानकारी हासिल गर्न सक्छन् ।

त्यसका साथै, एप्समा निर्माण शैलीहरु, निर्माणस्थलको सुरक्षा, विभिन्न जनशक्तिको सम्पर्क विवरण तथा प्राविधिक साहयता समेत उपलब्ध छ । एप्स निःशुल्क उपलब्ध छ र एकपटक डाउनलोड गरेपछि इन्टरनेटविना पनि चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL