Logo

पर्यटनमा सामाजिक सञ्चालको प्रभाव : इन्स्टाग्रामले विश्व पर्यटन उद्योगलाई कसरी परिवर्तन गर्दैछ ?

पर्यटनमा सामाजिक सञ्चालको प्रभाव : इन्स्टाग्रामले विश्व पर्यटन उद्योगलाई कसरी परिवर्तन गर्दैछ ?



काठमाडौं । स्पेनिस टापु माल्लोर्कामा मौसम न्यानो हुँदै जाँदा सयौं पर्यटकहरू कालो डेस मोरो समुद्र तटमा हरेक दिन भेला हुन थाले । प्रसिद्ध समुद्र तटको मजा लिने प्रतिस्पर्धा यति उग्र छ कि बालुवाको साँघुरो पट्टीमा तौलिया फैलाउने ठाउँ पनि छैन । नीलो पानीको सौन्दर्य हेर्न हताश मानिसहरुको लाइन लाग्न थाल्छ । यद्यपि धेरै मानिसहरूले हार मान्छन्, तिनीहरू लाइनमा उभिएर आफ्नो छुट्टी बर्बाद गर्न चाहँदैनन् ।

युरोपको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक माल्लोर्काको समुद्र तटहरूमा ठूलो भीड एक सामान्य दृश्य हो । तर, कालो देस मोरोमा हद नाघिसकेको छ । धेरै मानिसहरू विश्वास गर्छन् कि इन्स्टाग्राम यसको लागि जिम्मेवार छ । सामाजिक सञ्जाल प्लेटफर्महरूमा एकल खोजीले हजारौं तस्बिरहरू ल्याउँछ जसमा किनारहरू सुनसान छन् र समुद्रको नीलो पानी सूर्यमा चम्किरहेको छ । इन्स्टाग्रामको सामान्य प्रयोगकर्तालाई थाहा छैन कि वास्तविकता यो निर्मल, ईश्वरीय दर्शनभन्दा धेरै फरक छ ।

तस्वीरको प्रभाव

सन २०१० मा इन्स्टाग्राम सुरु भएदेखि, उही घटना बारम्बार दोहोरिएको छ-पर्यटकहरू उत्तम छुट्टीको फोटो पछ्याउँदै इन्फ्ल्युन्सहरूको पाइला पछ्याउँछन्, ती ठाउँहरूमा पुग्छन् जुन कि त अहिलेको भन्दा कम लोकप्रिय वा निकै कम लोकप्रिय थिए । अहिलेको भन्दा निश्चित रूपमा कम लोकप्रिय । कहिलेकाहीँ नतिजा भयानक हुन्छ । उदाहरणका लागि, बाभेरियाको बेचटेसगाडेनर ल्यान्ड क्षेत्रमा रहेको कोनिग्सबाक झरना भीड भड्किएपछि सो क्षेत्र बन्द गर्न बाध्य भयो । पर्यटकको बाक्लो आगमनका कारण प्राकृतिक पोखरीमा पारिस्थितिक प्रणालीको सन्तुलन खतरा परेको थियो ।

विभिन्न सर्वेक्षणहरूमा पर्यटकहरूले भनेका छन् कि तिनीहरू प्रायः इन्स्टाग्रामबाट फोटोहरू हेरेर प्रेरित हुन्छन् र प्लेटफर्मले निश्चित रूपमा उनीहरूले कुनै खास पर्यटक गन्तव्यको पक्षमा वा विरोध गर्ने निर्णय गर्न भूमिका खेल्छ । उदाहरणका लागि, अनलाइन ट्राभल एजेन्सी एक्सपेडियालेफेला पारेको छ कि ४० वर्ष मुनिका ५० प्रतिशत व्यक्तिहरूले यात्रा गर्न प्रेरणाको रूपमा सोशल मिडिया प्रयोग गर्छन् । उनीहरूले टिभी कार्यक्रमहरू वा पत्रिकाहरू जस्ता परम्परागत माध्यमहरू भन्दा सोशल मिडियालाई प्राथमिकता दिन्छन् ।

अरूबाट प्रेरणा

‘इन्स्टाग्राम निस्सन्देह छुट्टी मनाउनेहरूका लागि प्रेरणाको स्रोतको रूपमा काम गर्दछ,’ माइक ओवेन्स भन्छन्, जर्मन राज्य हेस्सेको ट्राभल र टुरिज्मका लागि सोशल मिडिया एकेडेमीसँग सम्बन्धित उनी भन्छन् कि इन्स्टाले महत्वपूर्ण भूमिका खेल्छ, विशेष गरी जब मानिसहरूले पर्यटक स्थलहरू खोजिरहेका हुन्छन् । धेरै मानिसहरूले छुट्टी गन्तव्यहरू खोज्न गुगलजस्ता खोज इन्जिनहरू प्रयोग गर्न छोडेका छन् । अब उनीहरू इन्स्टाग्राममा ह्यासट्यागहरू मार्फत पर्यटक स्थलहरू खोज्छन् ।

‘मानिसहरू स्थानीय रूपमा घुम्न इन्स्टा प्रयोग गर्छन् । यदि तपाईं इन्स्टामा हुनुहुन्न भने, तपाईंलाई चिनिने छैन,’ ओवेन्स भन्छन् । पर्यटन कम्पनीहरू र पर्यटकीय गन्तव्यहरूका लागि यो प्लेटफम बाहेक अरू कुनै बाटो छैन । जर्मन होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन(देहोगा–देहोगा) ले पनि त्यस्तै विश्वास गरेको छ । संगठनका एक प्रवक्ताले भनिन : ‘विशेष लक्षित समूहहरूलाई लक्षित बहु–च्यानल सञ्चार पहिलेभन्दा बढी महत्वपूर्ण छ ।’ साथीभाइ र सहकर्मीहरूको सिफारिस र अनुभवले पनि छुट्टीको गन्तव्यको निर्णयमा ठूलो भूमिका खेल्ने उनी बताउँछिन् । धेरै टुर अपरेटरहरू र ट्राभल एजेन्सीहरूले आफ्ना ग्राहकहरूमा पुग्न इन्स्टाग्राम प्रयोग गर्नु अचम्मको कुरा होइन ।

फोटो पृष्ठभूमि

‘हाम्रो लागि, इन्स्टाग्राम एउटा महत्त्वपूर्ण सञ्चार च्यानल हो, जसले मानिसहरूलाई यात्राको अनुभूति दिन्छ,’ माइकल फेबर भन्छन्, जसले जर्मनीको हुन्स्रक र मोसेल क्षेत्रहरूमा तीनवटा ट्राभल एजेन्सीहरू सञ्चालन गर्छन् । तिनीहरूका कर्मचारीहरूले दैनिक नयाँ फोटोहरू अपलोड गर्छन् र अर्को छुट्टीको लागि धेरै विशेष र अद्वितीय सुझावहरू पोस्ट गरिरहन्छन् । उदाहरणका लागि टायरोलको सिलरटल उपत्यकाको यात्रा ।

त्यहाँ रहेको पाँचतारे होटल स्टार रिसोर्टले पनि इन्स्टाग्रामको महत्व धेरै पहिले नै बुझिसकेको छ । होटलको टेरेसमा डैनोको विशाल फलामको मूर्ति राखिएको छ । मानिसहरू मूर्तिसँग फोटो खिच्न प्रेरित छन् । ‘उद्देश्य एउटा पृष्ठभूमि सिर्जना गर्नु थियो जुन पाहुनाहरू अगाडि पोज गर्न र फोटो खिच्न पाउँदा खुसी हुनेछन्, स्पष्ट रूपमा ती फोटोहरू इन्स्टाग्राममा साझा गर्ने उद्देश्यले,’ होटेलको मार्केटिङ विभागका बार्बरा मिटरर भन्छिन् ।

दक्षिणमा इटालीको गार्डा तालमा रहेको गार्डा ट्रेन्टिनो टुरिजम बोर्डमा सामाजिक सञ्जाल गतिविधिहरूको प्रभारी नताशा बोन्टाडीले पनि इन्स्टाग्राम प्रयोग गर्छिन् । बोन्टाडीले यस क्षेत्रको बारेमा मानिसहरूमा जिज्ञासा उत्पन्न गर्न यो प्लेटफर्म प्रयोग गर्छिन । उनले यस क्षेत्रको बारेमा थोरै ज्ञात तथ्यहरू, लुकेका ठाउँहरू र रोमाञ्चक दृश्यहरूको फोटो पोस्ट गरिरहन्छिन । उनी भन्छिन्, ‘हामी प्रसिद्ध क्षेत्रहरूका बारेमा कुरा गर्न बेवास्ता गर्छौं जुन पहिले नै पर्यटकको केन्द्र हो ।’ यसका लागि इन्फ्ल्युन्सहरूसँग मिलेर इच्छित सन्देशलाई अगाडि बढाउने काम पनि भइरहेको उनी बताउँछिन् ।

फोटोको ठूलो शक्ति

‘धेरै गन्तव्यहरूले गुणस्तरीय र व्यवस्थित पर्यटन खोजिरहेका छन्, सामूहिक पर्यटन होइन,’ म्युनिखको गन्तव्य मार्केटिङ एजेन्सी पिरोथ कम्युनिकेसनको प्रबन्ध निर्देशक युलिया श्ट्युबेनबक भन्छिन् । यी कम्पनीहरूले अन्य चीजहरू बीचमा पर्यटक गन्तव्यहरूको लागि सामाजिक सञ्जाल गतिविधिहरूको योजना बनाउँछन् । श्टुनब्योक भन्छिन कि फोटोमा ठूलो शक्ति छ । ‘तपाईं केहि वर्णन मात्र गर्न सक्नुहुन्न, तर तपाईं यसलाई देखाउन पनि सक्नुहुन्छ’, उनी भन्छिन् कि यो चीज प्रायः राम्रोसँग काम गर्दछ, विशेष गरी इन्स्टाग्राममा किनभने यसको डिजाइन फोटोहरू साझा गर्नको लागि बनाइएको हो । टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूले पर्यटन गन्तव्य र कम्पनीहरूलाई लक्षित गर्दै मार्केटिङ विकल्पहरू धेरै बढाएका छन् । किशोर, युवा पर्यटकजस्ता विशेष लक्षित समूहहरूमा सामाजिक सञ्जाल प्लेटफर्महरूको सहयोगमा राम्रो पहुँच हासिल गर्न सकिन्छ ।

श्टुनब्योक विश्वास गर्दिनन् कि मानिसहरू इन्स्टाग्रामको अत्यधिक चकित र रोमाञ्चक तस्बिरहरूद्वारा मूर्ख बनाइएका छन् र विश्वास गर्दिनन् कि पर्यटकको छुट्टी फाटोमा देखिएजस्तै सबैको उस्तै आन्नददायक हुनेछ । वास्तवमा, उनी भन्छिन् ‘हालको प्रवृत्ति फरक दिशामा गइरहेको छ र इन्स्टाग्राममा देख्ने सबै कुरालाई अन्धाधुन्ध विश्वास नगर्ने प्रवृत्ति पनि बढ्दो छ ।’ तर, आजकल माल्लोर्कामा यस्तो केहि देखिदैन । कालो डेस मोरो समुद्र तट यस गर्मीमा फेरि पर्यटकहरूले भरिनेछ । त्यहाँ एक उत्तम इन्स्टाग्राम तस्विरको लागि आशा गर्ने जो कोहीका लागि निराशा पनि हात लाग्न सक्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL