Logo

अर्ना सङ्ग कन्टेस्ट सुरु, पुरस्कार राशि १० लाख रुपैयाँ

अर्ना सङ्ग कन्टेस्ट सुरु, पुरस्कार राशि १० लाख रुपैयाँ



काठमाडौं । अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ्ग कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ । अर्नाले विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।

प्रतियोगितामा भाग लिन इच्छुकहरुले आफूले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउनु पर्नेछ । १० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।

अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL