Logo

‘स्मार्ट वाच’ किन्ने सोचमा हुनुहुन्छ ? यी चार कुरामा ध्यान पुर्याउन सके राम्रो

‘स्मार्ट वाच’ किन्ने सोचमा हुनुहुन्छ ? यी चार कुरामा ध्यान पुर्याउन सके राम्रो



काठमाडौं । पछिल्लो समय धेरैको रोजाईमा स्र्माट वाच अर्थात स्मार्ट घडीहरु पर्दै गएको देखिन्छ । उपभोक्ताको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न ब्राण्डका स्मार्ट वाचहरु बजारमा आएका छन् ।

यसैले धेरैलाई कस्तो स्मार्ट वाच किन्ने भन्नेमा अन्योलको अवस्था हुन्छ । यदि तपाई नयाँ स्मार्टवाच किन्ने सोचमा हुनुहुन्छ भने तपाईले केही कुराहरुलाई ध्यानमा राख्नु पर्छ। नयाँ स्मार्टवाच किन्नु अघि विचार नपुर्याउँदा पछि पछुतो लाग्ने अवस्था पनि आउन सक्छ । त्यसैले स्मार्ट घडी किन्नुअघि यसको बारेमा थोरै जानकारी लिनु राम्रो हुन्छ । यहाँ हामीले स्मार्ट वाच किन्नुअघि ध्यान पुर्याउनुपर्ने चार कुराहरु प्रस्ुततत गरेका छौं ।

१. सुविधा – तपाईंले स्वास्थ्य र फिटनेससँग सम्बन्धित धेरै सुविधाहरू भएको स्मार्ट वाच किन्नु उपयुक्त हुन्छ । स्मार्टवाचमा दौडने, पौडी खेल्ने र मुटुको गति मोनिटरजस्ता सुविधाहरूबाहेक, अक्सिजन मोनिटरिङ सुविधासमेत भएको लिदा उत्तम हुन्छ ।

२. डिस्प्ले– स्मार्ट घडी किन्नु अघि, यो कुन अपरेटिङ सिस्टममा काम गर्छ भनी सुनिश्चित गर्नुहोस् । धेरैजसो स्मार्टवाचहरूले एन्ड्रोइड र आईओएसको संस्करणलाई सपोर्ट गर्दछन् । यस्तो अवस्थामा स्मार्ट वाच किन्नुअघि तपाईसँग कुन फोन छ भन्ने कुरामा ध्यान दिनुहोस र सोहीअनुसार स्मार्ट वाच किन्नुहोस्।

३. अपरेटिङ सिस्टम – कम लागतको स्मार्ट घडीहरूमा सामान्य डिस्प्ले मात्र हुन्छ । जबकि एप्पल र सामसुङजस्ता ब्राण्डमा ओएलइडि डिस्प्ले हुन्छ। यदि तपाइँ बजेट श्रेणीको स्मार्टवाच किन्न जाँदै हुनुहुन्छ भने पनि एमोलेड डिस्प्ले भएको स्मार्टवाच मात्र खोज्नुहोस् किनभने यस्ता डिस्प्ले भएका स्मार्टवाचको प्रयोग घाममा पनि सहजै गर्न सकिन्छ ।

४. ब्याट्री ब्याकअप- कम्तिमा एक हप्ताको ब्याट्री लाइफ भएको स्मार्ट वाच छनोट गर्नु राम्रो हुन्छ। यस्ता स्मार्टवाच अहिले बजारमा ५ हजार रुपैयाँदेखि नै पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL