Logo

राजेश हमालले किने जिप कम्पास, आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित

राजेश हमालले किने जिप कम्पास, आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित



काठमाडौँ । नायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । नायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् ।

laxmi

‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालेले ३ दशकमा २ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी नेपाली चलचित्र जगतका सबैभन्दा प्रभावशाली व्यक्तित्व हुन् ।

‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए,’ नायक हमालले भने, ‘सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिए । म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ । म खुसी छु कि आज मैले जिप किनेँ ।’

केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको कम्पनीले जनाएको छ ।

‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौँ ।’

कम्पनीका अनुसार नयाँ कम्पासमा जिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । र सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी छ,’ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ यो गाडीको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL