Logo

लामखुट्टेमा नयाँ संक्रमण देखिएपछि डेंगु सार्ने क्षमतामा ह्रास, मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने

लामखुट्टेमा नयाँ संक्रमण देखिएपछि डेंगु सार्ने क्षमतामा ह्रास, मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने



काठमाडौं । लामखुट्टेले बैज्ञानिकलाई भ्याक्सिनले पनि परास्त गर्न नसकेका धेरै भाईरसहरुलाई प्रभावकारी नियन्त्रणका लागि सहयोग गरिरहेका छन् ।

बर्षेनी विश्वभर ४ करोड बढिलाई डेंगुको प्रकोप देखिने गरेको छ । जसका कारण अवस्था नाजुक हुनुका साथै मृत्युसम्म पनि हुनेगरेको छ । जुन विश्वभर लामखुट्ट्कै कारण सबैभन्दा चाँडो फैलने रोगको रुपमा चिनिएको छ ।

तर हालै गरिएको एक अध्ययनमा इन्डोनेसियामा भने डेंगुको प्रकोप ७७ प्रतिशतले घटेको छ । जसको प्रमुख कारण लामखुट्टेमा देखिएको नयाँ संक्रमणलाई मानिएको छ । प्राय किराहरुमा देखिने ओलबाकिया नामक उक्त संक्रमणले लामखुट्टेलाई भाईरस उत्पादन गर्ने गुुणमा गिरावट ल्याई डेंगु फैलाउन सक्ने क्षमतालाई ह्रास पारिदिन्छ ।

इन्डोनेसियामा प्रतिवर्ष करिव ८० लाख बढि केस डेंगुका आउने गर्दथे । तर हाल उक्त केशहरु घटेको बताईन्छ । उक्त अध्ययन इन्डोनेसियाको योग्याकर्ता नामक सहरका ३ लाख बढि मानिसमा गरिएको थियो ।

विश्व लामखुट्टे कार्याक्रम नाम दिईएको एक अभियानले विश्वका ११ देशहरुमा लामखुट्टेद्वारा हुने विभिनन रोगहरुको बारेमा अध्ययन गरी नियन्त्रणसमेत गर्ने गर्दछ । त्यसैले इन्डोनेसियाका धेरै शहरुमा अब लामखुट्टेमा ओलबाकिया नामक संक्रमण फैलाउने काम गर्न थालिएको समेत त्यहाँस्थित विज्ञहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २० बर्षमा डेंगु संक्रमण २० प्रतिशत बढिले वृद्धि भएको देखिन्छ । सन १९७० यता ९ देशहरुमा डेंगुको महामारीसमेत फैलिएको बताईन्छ ।

यो महामारी पछिल्लो समय सय बढि देशमा देखिन थालेको छ । जसका कारण यसको प्रकोप विश्वको कुल जनसंख्या मध्ये आधा जनसंख्यामा फैलिएको मानिन्छ । सन २०२१ मा यसको प्रकोपको प्रमुख शहरहरुमा ब्राजिल, कोलम्बिया, फिजी, केन्या, पाराग्वे र पेरु रहेका छन् ।
कसैलाई डेंगु संक्रमण भएको अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, भित्रि शरिर दुख्नेलगायतका समस्या देखिन्छन् । यस्तै उल्टी हुनेदेखि मृत्युसम्मका समस्यासमेत देखिने भएपछि यसलाई घातक रोगको सूचिमा राख्नेसमेत गरिएको छ ।

नेपालमा डेंगु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा भने पहिलोपल्ट सन २००४ मा डेंगु देखिएको थियो । एक विदेशी नागरिकमा देखिएको डेंगु प्रकोपले हालसम्म नेपालमा धेरै जनाको ज्यान लिईसकेको छ ।

त्यसपछि सन २००६ मा चितवन, रुपन्देही, नवलपरासीलगायतका जिल्लामा यसको संक्रमण फैलिएको देखिन्छ । यस्तै सन २०१० मा देशभर ९ सय १७ केश देखिएको थियो भने सन २०१६ मा देशभर १ हजार ५ सय २७ केश देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि सन २०१९ मा मात्रै नेपालमा ४ हजार ९ सय ६२ डेंगुका विरामी देखिएका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL