Logo

हाम्रो टीम व्यवसायीक र सशक्त छ, जीत सुनिश्चित छ : अध्यक्षका प्रत्यासी मनोज न्याछ्योँको अन्तर्वार्ता

हाम्रो टीम व्यवसायीक र सशक्त छ, जीत सुनिश्चित छ : अध्यक्षका प्रत्यासी मनोज न्याछ्योँको अन्तर्वार्ता



नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय निर्वाचनसँगै यतिवेला जिल्ला नगरको निर्वाचनको महोल सिर्जना भएको छ । पुष ११ गते महासंघको प्रदेश निर्वाचन भएसँगै ६० भन्दा जिल्ला नगरमा नयाँ नेतृत्व चयनमा लागि निर्वाचनका मिति तोकिएका छन् । यसै अन्तर्गत आजैबाट ललितपुर उद्योग वाणिज्य संघको पनि ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन सुरु भएको छ । चुनावी सेरोफेरोमा रहेर ललितपुर उद्योग वाणिज्य संघको शनिवार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी मनोजबहादूर न्याछ्योँसँग बिजखबरका अनिल न्यौपानेले गरेको कुराकानीको सार :

laxmi

ललितपुर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । तपाईँको समूहको तयारी कस्तो छ ?
भोलिबाट हाम्रो ५४ औं साधारण सभा सुरु हुँदैछ । हामी प्रस्ट भिजनसहित चुनावमा गएका छौं । व्यवसायीका समस्या लिएर, व्यवसायमा नै भएको मानिस चुनाव लड्दा मतदाताहरुको माया हामीले पाएका छौं । स्थानियस्तरमा पर्ने समस्या, त्यसको समाधान गर्न समूहमा कामम गर्नु पर्छ । मेरो व्यक्तिगत नेचरको कारणपनि साथीहरुले तपाईले ललितपुर उद्योग वाणिज्यसँग रामम्रोसँग चलाउन सक्नु हुन्छ भन्नु भएकाले हामी निर्वाचनमा लागेका छौं ।

मेरो नेतृत्वलाई संघका सबै साथीहरुको सहयोग र सत्भाव रहेको छ भने, टीम पनि समावेसी र युवाले भरिएको छ । यूवा जोस र पुराना साथीहरुको अनुभवले हाम्रो टिमलाई बलियो बनाएको छ । मलाई विश्वास छ, मतदाताले हाम्रो टिमलाई अत्याधिक मत दिएर विजय गराउनु हुने छ ।

यसपाली उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा चुनावी मैदानमा उत्रिनुभएको छ । तपाईले चुनाव जितेपछि उद्योगी व्यवसायीहरुका लागि गर्ने प्रमुख कामहरु के के हुनेछन् ?

खासगरी उद्योग वाणिज्य संघमा उद्योग व्यवसायकै मान्छे आउनुपर्छ या चुनिनुपर्छ भन्ने हाम्रो प्रमुख एजेन्डा हो । यस्तै उपभोक्ता हित संरक्षण ऐन २०७५ को न्योयोचित संशोधन नहुँदा व्यवसायीहरु पीडामा रहेको हामी सबैलाई विदितै छ । यहि ऐनलाई टेकेर व्यवसायीहरुले अनावश्यक दुःख पाईरहेको विद्यमान अवस्थालाई हामी आफैँ र अन्य सम्बन्धित निकायसँग सहमति र सहकार्य गर्दै सायमानुकुल ऐन पसरमार्जनमा लाग्ने हर सम्भव प्रयास गर्ने छौं ।

त्यस्तै, ललितपुर जिल्र्ला वल्र्ड क्राफ्ट काउन्सिलबाट हस्तकलानगरीको रुपमा घोषणा भइसकेको छ । अब यसलाई नयाँ अभियानकै रुपमा अगाडि लानु पर्ने छ । त्यसमा हामी निकै धेरै कामम गर्न सक्ने छौं । यसलाई व्यवस्थित गर्न छुट्टै सामूहित ट्रेडमार्क दर्ता गर्नुपर्ने अपरिहार्यता छ । यसको टेडमार्क विदेशी मूलुकहरुमा दर्ता गर्दै लानु पर्ने छ ।

यस्तै ललितपूरमा हस्तकला ग्राम निर्माण गर्ने विषयमा हामी सरोकारवाला निकायसँग समन्वय गर्दै यसको निर्माण सुरु गर्ने कार्यमा हर सम्भव प्रयासरत रहने छौँ । विभिन्न सरकारी निकायले नियमनको नाममा व्यवसायीलाई दुःख दिइरहेका छन् । जुनसुकै सरोकारवाला निकायले अनुगमन गर्न सक्छन्, गर्नु पनि पर्छ । तर, क्षेत्रगत विज्ञता भएका मानिसबाट अनुगमन हुनु पर्छ भन्ने हाम्रो भनाई हो । व्यवसायीलाई ‘थुन्ने अनि सुन्ने’ गरिएको छ । निजी क्षेत्रका विभिन्न निकायसँगको सहकार्यमा हामी यसमा काम गर्ने छौं ।

यसअघिको कार्यकालमा तपाईँले व्यवसायीहरुले पत्याउने खालका अर्थात् भोट तपाईँलाई नै दिनुपर्ने खालका कामहरु के के गर्नुभयो ?

म विगत २० वर्षदेखि ललितपूर उद्योग वाणिज्य संघमा सक्रिय रहेको छु । यसअवधिमा मैले विभिन्न संघसंस्था र समितिहरुसँग सहकार्य गर्दै व्यवसायी, उद्योगी साथीहरुको हकहित कै लागि काम गर्दै आएको छु । मैले २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेको थिए । त्यसपछि कोषध्यक्ष भएँ, अहिलेको कार्यसमितिमा महासचिव भएर काम गरेको छु । हाम्रो अहिलेको कार्यसमितिको अगुवाईमा भिमसेन मन्दिर पुनर्निर्माण गरेका, व्यवसायीक हक हितमा काम गर्ने संस्थाले सामूहिक काम गर्ने हो । हामीले धेरै काम नगरेको भए यो वर्ष नेपाल उद्योग वाणिज्य संघले उत्कृष्ट जिल्ला÷नगर संघको रुपमा किन सम्मान गथ्र्यो र ।

म सधै सामूहिक नेतृत्वमा विश्वास गर्ने मानिस हुँ । हामी यूवा टीम तयार गरेर निर्वाचनमा गएका छौं । भोलिका दिनमा हामी थप उत्साहको साथ काम गर्ने छौं ।

चुनावमा तपाईँ मात्रै नभएर अर्का प्रत्यासी पनि हुनुहुन्छ । तर, उद्योगी व्यवसायीले तपाईँलाई नै भोट दिनुपर्ने कारणहरु के के छन् ?

म ३ बर्षदेखि महासचिवको पदमा छु । व्यवसायीहरुले मेरो कार्यकाल राम्ररी अनुभव गर्नुभएको छ । सोहिअनुसार व्यवसायी साथीहरुले नै भनेर म यो चुनावमा उत्रिएको हुँ । सकेसम्म उद्योग वाणिज्य संघको पदाधिकारीमा व्यवासाय क्षेत्रमै लागेको मान्छे आउनुपर्छ भन्ने भावना हामीले बोकेका छौं । त्यसैले व्यवसाय क्षेत्रमै नभएको व्यक्ति संघको अध्यक्ष हुनुभन्दा व्यवसायतिरै लागेकोले उद्योगी व्यवसायीको मर्म र पिडा बुझ्ने हुनाले सायद साथीहरुले मलाई अवसर दिनुहुन्छ होला । म व्यवसायीक क्षेत्रमै भएकाले पनि यसपाली म विजेता हुनुपर्छ भन्ने निश्चित छ ।

यहाँ अर्को विषय पनि जोड्दा ठिक होला । म अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी पनि हुँ । अनुशाशनको कुरा गर्दा खेलाडीहरु धेरै अनुशाशित हुन्छन् ।

भोलि निर्वाचन हुँदैछ, यस्तो बेला ललितपुर उद्योग वाणिज्य संघका उद्योगी व्यवसायी साथीहरुलाई के भन्न चाहानुहुन्छ ?

हामी तपाईँहरु सबै किसिमका उद्योगी व्यवासायीहरुसँग साथमा साथ हातमा हात मिलाएर अघि बढ्ने छौं । सोही अनुसार मैले दिएका प्रतिवद्धता अनुसार काम गर्नेछु । यसरी प्रतिवद्धताअनुसार काम गर्ने भएकाले तपाईँहरु सबै साथीहरुले मलाई यसपाली अवसर दिनुहोला भन्न चाहान्छु ।
हामीले ललितपूरको दक्षिणी भेगमा कृषिको प्रबल सम्भावना रहेको र वर्तमान समयमा राज्यले समेत प्राथमिकतामा राखेको कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने अभिप्रायले त्यसलाई प्रवद्र्धन र सम्बर्धन गर्न आवश्यक पहलकदमी गर्नेछौँ । यस्तै लागनीको वातावरण निर्माण हुन प्रतिफलको सम्भावना देखिनु पर्दछ । व्यवसायीको लगानी सुरक्षा नभई उद्योग विकास हुन सक्दैन । व्यवसायीक वातावरण निर्माण गर्न अन्य व्यवसायिक फोरमहरुसँग सहकार्य गरेर लगानी मैत्री वातावरण सिर्जना गर्ने कार्यमा प्रयासरत रहने छौँ ।

विभिन्न ऐन कानुनको हवाला दिँदै उद्योगी व्यवसायीहरुलाई दुख दिने काम भईरहेको छ । हामी त्यसमा परिवर्तन चाहान्छौँ । पहिला सुन्ने वातावरण बनाउन हामी पहल गर्ने छौँ । प्रत्येक व्यवसायी सदस्यहरुलाई कर एवम् उपभोक्ता एने लगायत अन्य आवश्यक ज्ञान उपलब्ध गराउन सम्बन्धित विज्ञहरुद्वारा प्रशिक्षण प्रदान गरिने छ । भन्सार र न्युन विजकीकरणको नाममा व्यवसायीले पाउँदै आएका झमेला र समस्या समाधान गर्न हर सम्भव पहल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL