Logo

हुवावेलाई अमेरिकी प्रतिवन्धको असर, गुगलको पहुँचमा पनि रोक

हुवावेलाई अमेरिकी प्रतिवन्धको असर, गुगलको पहुँचमा पनि रोक



काठमाडौं । एन्ड्रोईड अपडेटको पहुँचमा गुगलले हुवावेलाई रोक लगाएको छ । अमेरिकामा सुरक्षा खतरा बढेको भन्दै चिनियाँ कम्पनी हुवावेलाई रोक लगाइएपछि गुगलले पनि हुवावेको डिभाईसको पहुँच गुगलबाट रोक लगाएको हो । गत हप्तामात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विदेशी दूरसँचार कम्पनीको सामग्रीमा रोक लगाईने घोषणा गरेसँगै गुगलले पनि हुवावेका स्मार्टफोनहरुमा आफ्नो पहुँचमा रोक लगाएको बीबीसीले जानकारी दिएको छ ।

साईबर सुरक्षाका मामलामा हुवावेले ठुलो भुमिका खेलेको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका लगायत विश्वभर यसको कारोबारमा रोक लगाएका थिए । उक्त प्रतिवन्धले चीन बाहेकका अन्य राष्ट्रहरुमा हुवावे स्मार्टफोनहरुको विक्रीमा ठुलो असर पर्ने बताइएको छ । यस्तै हुवावेको स्मार्टफोनमा प्रयोग गर्ने चिपहरु पनि कम्पनीहरुले अर्काे सुचना नआएसम्म रोक लगाउने बताएका छन ।

हाल चलिरहेको हुवावेका स्मार्टफोनहरुमा गुगलले उपलब्ध गराउने गुगल प्लेस्टोर, गुगल प्ले प्रोटेक्सन लगायत चलेपनि अब आउने भर्सनमा भने उक्त फंसनहरु नचल्ने गुगलले जानकारी दिएको छ । हुवावेले फोनमा प्रयोग गर्ने चिपहरु अमेरिकी कम्पनीबाट आयात गरिरहेको थियो । अब उक्त चिपहरु हुवावेले पाउन छोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL