Logo

पोर्चुगलमा घट्दै बेरोजगार, यस्तो छ तथ्यांक

पोर्चुगलमा घट्दै बेरोजगार, यस्तो छ तथ्यांक


रासस
0
Shares

काठमाडौं । पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा न्युन विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङक विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ ।

आइएनईले फेव्रुअरीका लागि बेरोजगारी दर ७ दशमलव ८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ० दशमलव २ प्रतिशत कम अर्थात् ७ दशमलव ६ भएको बताएको छ ।यो जनवरीको तुलनामा ० दशमलव ३ प्रतिशतले कमी हो ।

सन् २०१६ को सोही महिनाको तुलनामा यसवर्षको बेरोजगारी दरमा ४ दशमलव ३ प्रतिशत र सन् २०१७ को तुलनामा २ दशमलव ३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ ।

परम्परागतरूपमा पर्यटनका लागि वर्षको शुरू त्यति उत्साहजनक नहुने मानिएपनि बेरोजगार दर घट्नुलाई एक सकारात्मक सूचकका रूपमा लिइएको आइएनईले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL