Logo

अमेरिकी खर्च विधेयकमा ट्रम्पले गरे हस्ताक्षर

अमेरिकी खर्च विधेयकमा ट्रम्पले गरे हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले शुक्रबार ट्वीटर मार्फत विधेयकमा हस्ताक्षर गरेको जानकारी दिएका छन् । यससँगै विधेयकले कानुनी मान्यता पाएको छ ।

यसअघि सदनले विधेयक पारित गरेको थियो । सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटिक पार्टीको सहमतिमा खर्च विधेयक ल्याइएको थियो । सदनमा विधेयकको पक्षमा २४० र विपक्षमा १८६ मत परेको थियो ।

ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै डेमोक्रेट सांसदहरुले विधेयक पास गर्न नदिँदा खर्च गर्ने बाटो बन्द भएको थियो । जसका कारण तीन हप्ताको बीचमा दुई पटक सरकारी कामकाज ठप्प भएको थियो भने कर्मचारीलाई बेतलबी विदा दिनुपरेको थियो । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL