Logo

डिभी भिसा बन्द गर्ने ट्रम्पको घोषणा, परिवारको सदस्यलाई प्रायोजन गरेर लैजाने नीतिमा पनि कडाई

डिभी भिसा बन्द गर्ने ट्रम्पको घोषणा, परिवारको सदस्यलाई प्रायोजन गरेर लैजाने नीतिमा पनि कडाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी भिसा बन्द गर्ने घोषणा गरेका छन् । उनले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा गरेका छन् ।

यससँगै डीभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर लैजान समस्या हुने भएको छ ।

नयाँ नियम लागु भएसँगै अब श्रीमान र श्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।

ईडीभी भिसा प्राप्त गर्ने देशहरुको सूचीमा नेपाली पहिलो स्थानमा रहँदै आएका थिए । नेपालबाट बार्षिक करिव ४ हजार जना डिभी परेर अमेरिका जाने गरेका छन् । जवकी हरेक वर्ष विश्वका ५० हजारलाई डीभी पर्ने गरेको छ ।

त्यसो त अहिले पनि हजारौ नेपालीहरु सन् २०१९ को डीभी भिसा आवेदन गरी हजारौं नेपालीहरु नतिजाको पखाईमा छन् । ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसमा डीभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेकाले विधेयक पारित भएमा डीभी भिसा आवेदन सधैंका लागि बन्द हुनेछ ।

ट्रम्पले डीभी परेर आउनेहरुलाई रद्दीको टोकरीमा फालिएका भन्दै आलोचना गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL