Logo

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त भएका छन् ।

करिब सात महिनादेखि रिक्त उक्त पदमा उनलाई एडिबीका अध्यक्षले हालै नियुक्त गरेका हुन् । उनी कार्यभार सम्हाल्न काठमाडौँ आइसकेका यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL