Logo

कतारले तोक्यो आप्रवासी कामदारको पारिश्रमिक, न्युनतम तलब ७५० रियल

कतारले तोक्यो आप्रवासी कामदारको पारिश्रमिक, न्युनतम तलब ७५० रियल


बिजखबर संवाददाता
0
Shares

कतारले आप्रवासी कामदारको न्युनतम तलब निर्धारण गरेको छ । कतारले आप्रवासी कामदारको लागि न्युनतम तलब ७ सय ५० कतारी रियल तोकेको हो ।

हालका लागि अस्थायी रुपमा ७ सय ५० रियाल तलब निर्धारण गरिएको कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इशाविन साद अल जफैल अल नुएमीले बताए । ‘अस्थायी रुपमा ७५० रियाल तोकिएको छ,’ श्रम मन्त्री नुएमीले बिहीबार एएफपीसँग भनेका छन्, ‘कामदारको बसोबास, खाना र स्वास्थ्य सेवा भने रोजगारदाताको दायित्वभित्र पर्छ ।’

कतार नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमा पर्छ । तर, यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १ सय ५० रियल कम हो । नेपाल सरकारले अघिल्लो बर्ष न्युनतम तलब ९ सय रियल र खाना वापत ३ सय रियल दिने कम्पनीमा मात्र नेपाली कामदार पठाउने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार हाल कतारमा करिव ६ लाख नेपाली कार्यरत छन् । कतार सरकारले अस्थायी रुपमा आप्रवासी कामदारको तलब निर्धारण गरेपनि त्यसले नेपाली कामदारलाई खासै फरक पार्ने छैन । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)को दबाबकाबीच कतारले विदेशी कामदारको न्युनतम तलब निर्धारण गरको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL