Logo

चीनले जुनसम्म ५० करोड जनतालाई कोरोनाविरुद्दको खोप लगाउने, सबैलाई खोप लगाउन ३ वर्ष लाग्ने

चीनले जुनसम्म ५० करोड जनतालाई कोरोनाविरुद्दको खोप लगाउने, सबैलाई खोप लगाउन ३ वर्ष लाग्ने



काठमाडौँ । चीनले जुन महिनाको अन्तिम सम्ममा ४० प्रतिशत जनसंख्यालाई कोरोना विरुद्दको खोप लगाउने योजना बनाएको छ ।

laxmi

चीनका श्वासप्रश्वास रोग विशेषज्ञ झोंग नान्शानले यसको बारेमा जानकारी सार्वजनिक गरेका हुन् ।

सिंघुवा विश्वविद्यालय र ब्रूकिंग्स संस्थामा सोमबार आयोजना भएको एक कार्यक्रममा उनले भने, ‘मैले आज मेरो सिडिसीका साथीहरुलाई चीनको खोप कार्यक्रमको बारेमा सोधे, उनीहरु जुनको अन्तिम सम्म ४० प्रतिशत मानिसलाई खोप लगाउने योजनामा छन् ।’झोंग भन्छन्, ‘चीनको कुल जनसंख्या करिब १.४ बिलियन रहेको छ र ४० प्रतिशतमा ५४८ मिलियन जनसंख्या पर्दछन् ।’

‘चीनले अहिलेसम्म ३.५६ प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ र यो करिब ५१ मिलियन मानिस हो’, उनले भने, ‘सरकारको योजना अनुसार, खोप लगाउन कम्तिमा पनि तीन वर्ष लाग्नेछ ।’

चीन रोग नियन्त्रण केन्द्र (चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) को अनुसार, यदि खोप अभियान सफल भए चीन र अमेरिका विश्वमा यात्रा खुला गर्ने पहिलो राष्ट्र बन्नेछन् ।

अमेरिकामा अहिले २० प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ भने जुन सम्म ८० प्रतिशतलाई खोप लगाउने योजना रहेको छ र अगष्टमा ९० प्रतिशतलाई खोप लगाइनेछ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL