Logo

भारतमा सात महिनापछि सिनेमा हल र स्विमिङ पुल खुला, हलमा एक सीट खाली राखेर मात्रै दर्शकहरु राख्न पाइने

भारतमा सात महिनापछि सिनेमा हल र स्विमिङ पुल खुला, हलमा एक सीट खाली राखेर मात्रै दर्शकहरु राख्न पाइने



काठमाडौं । भारतमा आजबाट सिनेमा हल र स्विमिङ पुल खुलेका छन् । कोरोना भाइरसका कारण बन्द भएका सिनेमा हल र स्विमिङ पूल आजबाट खोलिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

करिव ७ महिना पछि सिनेमाघर, मल्प्लिेक्स, स्विमिङ पूल र मनोरञ्जन पार्क सञ्चालनमा आएका हुन् । यसका लागि भने भारत सरकारले छुट्टै नियम बनाएको छ ।

सिनेमा हलमा एक सीट खाली राखेर मात्रै दर्शकहरु राख्न पाइनेछ । जम्मा ५० प्रतिशत मात्रै दर्शकहरु फिल्म हलमा राख्ने गरि नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL