Logo

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अर्थशास्त्री पल आर मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई, पाउनेछन ११ लाख अमेरिकी डलर

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अर्थशास्त्री पल आर मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई, पाउनेछन ११ लाख अमेरिकी डलर



काठमाडौं । अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार विजेताको घोषणा भएको छ । सन् २०२० को यो पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलाम सम्बन्धी सिद्धान्त ‘अक्सन थ्योरी’ र नयाँ लिलामी प्रारुप सुधारका लागि दिइएको नोबेल समितिले जनाएको छ ।

laxmi

प्राविधिक रुपमा यो पुरस्कारलाई स्विरिजेज रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज इन मेमोरी अफ अल्फ्रेड नोबेलका रुपमा चिनिन्छ । यो पुरस्कारको स्थापना सन् १९६९ मा भएको थियो । हालसम्म यो पुरस्कार ५१ पटक प्रदान गरिसकेको छ र यसलाइ नोबेल पुरस्कार मध्यकै एक मानिन्छ ।

गतबर्ष विश्वब्यापी गरिबी हटाउने दिशामा शोधका लागि यो पुरस्कार म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका दुई शोधकर्ता र हाभर्ड विश्वविद्यालयका एक शोधकर्तालाई दिइएको थियो । यो प्रतिष्ठित पुरस्कार अन्तर्गत ११ लाख अमेरिकी डलर रकम पदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL