Logo

कोरोनाले ध्वस्त अमेरिकी अर्थतन्त्र पहिलेकै अवस्थामा फर्किन अझै ३ बर्ष लाग्ने, अन्य देशलाई पनि गाह्रो

कोरोनाले ध्वस्त अमेरिकी अर्थतन्त्र पहिलेकै अवस्थामा फर्किन अझै ३ बर्ष लाग्ने, अन्य देशलाई पनि गाह्रो



काठमाडौं । अमेरिकाले कोरोना भाईरसको असरका कारण गुमाएको अर्थतन्त्तको साख पुनःस्थापित गर्न आगामी ३ बर्ष लाग्ने प्रक्षेपण गरिएको छ । अमेरिकास्थित कन्सल्ट्यान्सी कम्पनी म्याकिन्से एण्ड कम्पनीले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार अमेरिका तथा युरोप सन २०२३ सम्ममा मात्रै आफ्नो आर्थिक शाखमा फर्किनेछन् ।

यदि अमेरिकाले आफ्ना नागरिकको स्वास्थ्यमा ख्याल राख्दै लकडाउनलगायतका कदम चाले आर्थिक अवस्थामा पmर्किन केही सहज हुने प्रतिवेदनमा उल्लेख छ । यदी अमेरिकाले त्यसो गरे सन २०२२ कै पहिलो त्रैमाससम्ममा आफ्नो गुमेको आर्थिक शाख फर्काउन सक्नेछ ।

उक्त प्रतिवेदनमा सार्वजनिक स्वास्थ्य सेवाका सबै सेवाहरु प्रचुर मात्रामा पुर्याउन सकियो भने आगामी २ या ३ महिनामा सबै देशमा कोरोनाको संक्रमण निमिट्यान्न पार्न सकिने उल्लेख छ । यसको मतलब आगामी यसै बर्षको तेस्रो त्रैमाशिकदेखि अमेरिकाले आफ्नो अर्थतन्त्र पुरानै अवस्थानमा फर्काउन थाल्नेछ भने, चीनले चौथो त्रैमाशिकसम्ममा फर्काउन थाल्नेछ ।

यस्तै युरोपले भने सन २०२१ को पहिलो त्रैमाशिकदेखि मात्रै आफ्नो अर्थतन्त्र पहिलेकै अवस्थामा फर्काउन थाल्नेछ । यसका लागि विभिन्न देशहरुले आफ्नो देशका लागि आवश्यक प्याकेजको घोषणासँगै सार्वजनिक स्वास्थ्यका विषयमा विशेष ध्यान दिन जरुरी छ ।

अमेरिकाका प्राय बीमा तथा यातायातलगायत उद्योगधन्दाहरु कोरोना भाईरसकै कारण चौपट भएका छन् । यातायात क्षेत्रमा सन २००१ को आतंककारी हमलाभन्दा ६ गुणा बढीले ओरालो लागेको छ । यसकै कारण विश्वकै सप्लाई चेन ध्वस्त भएको छ । वर्ल्र्ड इकोनोमिक फोरम

प्रतिक्रिया दिनुहोस्
MBL