Logo

विश्वकै ठूलो कार उत्पादक कम्पनी बन्द, कारण चीनको कोरोना भाईरस

विश्वकै ठूलो कार उत्पादक कम्पनी बन्द, कारण चीनको कोरोना भाईरस



काठमाडौं । विश्वकै ठूलो कार उत्पादक कम्पनी हुन्डाईले चीनमा कोरोना भाईरसको प्रकोपका कारण आफ्नो उत्पादन स्थगित गरेको छ ।

laxmi


चीनमा कोरोना भाईरसको सन्त्रासपछि बन्द भएका त्यहाँका उत्पादनमुलक उद्योगका कारण उपकरण तथा पार्टपुर्जा आपुर्ती नभएपछि शुक्रबार कोरियामा अवस्थित हुन्डाईको कम्पनीको उत्पादन स्थगित गरिएको हो ।

हुन्डाईका विश्वभरीका ५ ओटा पलान्टमार्फत बर्षेनी १४ लाख ओटा गाडी उत्पादन हुन्छन ।
तर विश्वमा उक्त सवारीसाधन बनाउनका लागि सप्लाईको वातावरण पनि सोही अनुसार उपलब्ध हुनुपर्दछ । चीनमा हालै फैलिएको महामारीका कारण चीन सरकारले बेईजिङका पनि अनेकौं फ्याक्ट्रीहरु बन्द गर्न आदेश दिएको छ । जसको प्रत्यक्ष असर कोरियास्थित हुन्डाईको कम्पनीमा परेको हो ।

किया मोटरमा विश्वकै पाँचौ धेरै उत्पादकमा पर्ने उक्त हुन्डाई पार्टपुर्जाकै कारण पछि परेको छ ।
कोरोना भाईरसकै कारण दक्षिण कोरियाको प्लान्ट बन्द गर्ने हुन्डाईको योजना छ । उक्त प्लान्टमा काम गर्ने २५ हजार भन्दा बढी कर्मचारीहरुलाई जबर्जस्ती छुट्टीमा बस्न भनिएको छ ।

उक्त प्लान्टको बन्द हुनु विश्वमै पहिलो उदाहरण हुनसक्ने विश्लेषकहरुले बताएका छन ।
उक्त प्लान्ट बन्द गरिन हुन्डाईको लागि ठुलो नोक्सान हुनसक्ने समेत विश्लेषकहरुले विश्लेषण गरेका छन ।

यस्तै फ्रेन्चको गाडी निर्माता रेनोले समेत अर्काे हप्तासम्म बुसानस्थित आफ्नो प्लान्ट बन्द गर्ने घोषणा गरिसकेको छ ।

कोरोना भाईरसका कारण चीनमा ३१ हजार भन्दा बढी प्रभावित छन भने ६ सय ३६ जनाले ज्यान गुमाईसकेका छन । विज्ञहरुले कोरोना भाईरसका कारण भईरहेको अहिलेको क्षति सुरुवात मात्रै भएको बताईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL