Logo

यस्ता छन् सन २०२० मा विश्व अर्थतन्त्रको अवस्थाबारे १० भविष्यबाणी

यस्ता छन् सन २०२० मा विश्व अर्थतन्त्रको अवस्थाबारे १० भविष्यबाणी



काठमाडौं । विश्वको आर्थिक वृद्धि सन २०१८ को तुलनामा घटेको छ । व्यापार युद्ध र चीनको कमजोर हुँदै गईरहेको अर्थतन्त्रका कारण सन २०१८ मा २ दशमलव ६ प्रतिशतले ओरालो लागेको विश्वको आर्थिक वृद्धिदर सन २०१९ मा आईपुग्दा ३ दशमलव २ प्रतिशतले ओरालो लागेको हो ।

laxmi

यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न केन्द्री्रय बैंकहरुले समेत आफ्नो मोनिटरी पोलिसीमा नरमपना ल्याउन थालेका छन । हाल विभिन्न निर्यातकर्ताहरुले आफ्नो निर्यातको दर उच्च बनाउन नयाँ दर बसाउन लागिपरेका छन । व्यापार युद्धको प्रमुख असर वास्तविक विश्वको कुल ग्राहस्थ उत्पादनमा परेपछि यसको आकार सोचेभन्दा सानो हुन पुगेको छ ।

जसका कारण विश्लेषकहरुले विश्व अर्थतन्त्रमा विभिन्न सम्भावना र संकटको आँकलन गरिरहेका छन् । अहिले हामी सन् २०२० को सम्मुखमै आइपुगेका छौं । विश्व अर्थतन्त्रको वर्तमान अवस्थाले सन् २०२० को विशव अर्थतन्त्रलाई पनि मार्गनिर्देश गर्ने देखिन्छ । यस्तोमा सन् २०२० मा विश्व अर्थतन्त्र कस्तो रहला वा कुन अवस्थामा पुग्ला भन्ने सबैको चासोको विषय हो । प्रस्तुत छ सन् २०२० मा विश्व अर्थतन्त्रमा हुन सक्ने १० भविष्यवाणीहरु :

अमेरिकी अर्थतन्त्र २.१ प्रतिशतले विस्तार हुने

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकाको अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिएका छन् । दिगो विकासमा वृद्धिका आधारमा अमेरिकाको श्रम शक्ति र उत्पादकत्व बढेको छ । यस्तै अमेरिकाको वास्तविक कुल ग्राहस्थ उत्पादन सन २०१७ यता क्यालेण्डर बर्षका आधारमा करिव २ दशमलव ५ प्रतिशतले बढेको छ र विभिन्न प्रोत्साहनमा पनि बढोत्तरी भएको छ ।

प्रोत्साहनमा बढोत्तरी भएका कारण आर्थिक तथा अन्य वृद्धि समेतले लय समातेको छ । बर्षको दोस्रो र तेस्रो चौमासिकमा वृद्धि दर क्रमशः २ र २ दशमलव १ प्रतिशत रहेको थियो । अमेरिकाको आगामी चुनावले केही नीतिहरुमा सकारात्मक र नकारात्मक असर पारेपछि पनि आर्थिक वृद्धिमा असर पार्ने अनुमान गरिएको छ ।

युरोपको विस्तार स्थिर रहने


सन २०१९ मा घटेको युरोजोन वृद्धिले नै युरोपको अर्थव्यवस्थालाई नकारात्मक संकेत गरिसकेको छ । विभिन्न ठुला अर्थतन्त्र भएका ठुला देश जस्तै जर्मनी, ईटालीको आर्थिक अवस्था पनि खुम्चिदो अवस्थामा छ । यस्तै अन्य केही सुचकहरुले पनि युरोपलाई नकारात्मक दिशामा लम्किरहेको छ । यस्तै युरोपको आर्थिक वृद्धि पनि यो बर्षको तुलनामा आगामी बर्ष १ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

जापानको वृद्धि उत्साहजनक हुनेछ

जापानको कर वृद्धि १ दशमलव १ प्रतिशत ले वृद्धि हुने देखिएको छ । उक्त कर वृद्धि पछि हुने आन्तरिक व्यापार वृद्धिका कारण व्यापारमा उत्साह थपिने अनुमान गरिएको छ ।

१९९० देखि यता चीनको वृद्धिदरमा ६ प्रतिशतको गिरावट आउने

अमेरिकासँगको व्यापार युद्धको असर चीनको अर्थतन्त्रमा पर्ने अनुमान गरिएको छ । जनसंख्या वृद्धि, उत्पादकत्वमा गिरावटका कारण आगामी बर्ष चीनको वृद्धिदर घट्जे प्रक्षेपण गरिएको हो । चीनको आर्थिक वृद्धि सन २०२० मा ५ दशमलव ७ र सन २०२१ मा ५ दशमलव ६ प्रतिशतले ओरालो लाग्ने अनुमान गरिएको छ ।

यस्तै अन्य भविष्यवाणीमा भने

उदीयमान बजारमा पानीको बहाव जारी रहनेछ

कमोडिटीको मूल्यमा गिरावट आउनेछ

महंगी नियन्त्रण हुने

विश्व मौद्रिक सहजता चक्र समाप्त हुने

अमेरिकी डलरको मूल्य केही मात्रामा बढ्ने

आर्थिक मन्दी नहुने संकेत

यी संकेत र अनुमानहरुले नै सन २०२० मा विश्व अर्थतन्त्रमा यस्तो असर पर्ने भविष्यवाणी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL