Logo

सन् २०१८ मा चिनियाँ राष्ट्रपति र भारतीय प्रम नेपालमा, उच्चस्तरीय भ्रमणको तयारीमा जुट्यो नेपाल

सन् २०१८ मा चिनियाँ राष्ट्रपति र भारतीय प्रम नेपालमा, उच्चस्तरीय भ्रमणको तयारीमा जुट्यो नेपाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सन् २०१८ मा नेपालमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा उच्चस्तरीय भ्रमण गर्ने भएका छन् । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने उनको दावी थियो दुई राष्ट्रका प्रमुखहरु नेपालको लागि उपलब्धिमुलक हुने समेत उनको भनाइ थियो ।

ज्ञवालीका अनुसार नेपाल सरकार अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेको र भारत र चीनबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ । केही समयअघि नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको उनले जानकारी दिए । साथै चिनियाँ राष्ट्रपति जिनपिङलार्य सन २०१६ मै नेपाल आउने तयारी गरेको र सन् २०१८ मा आउने पक्का भएको उनको भनाइ थियो । साथै आगामी दिनमा अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने उनले जानकारी दिए ।

तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा समयमा नेपालमा चीनबाट पेट्रोल ल्याउने तथा अन्य व्यापारीक सम्झौता भएको थियो । उक्त सम्झौता सि जिङपिनको नेपाल भ्रमणले सार्थकता पाउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL