Logo

लिन्डा याकरिनो ट्वीटरको नयाँ सीईओ, कसरी अघि बढाउँलिन मस्कको ४४ अर्ब डलरको कम्पनी

लिन्डा याकरिनो ट्वीटरको नयाँ सीईओ, कसरी अघि बढाउँलिन मस्कको ४४ अर्ब डलरको कम्पनी



काठमाडौं । इलोन मस्कले ट्वीटरको नयाँ सीईओको नाम घोषणा गरेका छन् । एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्वीटरको सीईओ बनाएका हुन् । करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्वीटरमार्फत यसको घोषणा गरेका छन् । एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए । तर, नाम खुलाएका थिएनन् ।

laxmi

मस्कले आफू ट्वीटरको कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसर रहने बताएका छन् । याकरिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनको भनाइ छ । एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याकरिनोले तत्कालै सो पद छाडेको बताइएको छ ।

सो कम्पनीमा उनी २०११ मा नियुक्त भएकी थिइन् । उनले विज्ञापनको क्षेत्रमा ट्वीटरलाई निकै ठूलो फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ । खासगरी मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेपछि यो प्लाटफर्मले थुप्रै विज्ञापनदाता गुमाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL