Logo

अमेरिकाको व्यस्त सपिङ मलमा गोली चल्दा नौं जनाको मृत्यु, सात जना घाइते

अमेरिकाको व्यस्त सपिङ मलमा गोली चल्दा नौं जनाको मृत्यु, सात जना घाइते



काठमाडौं । टेक्सासको एलेनमा रहेको सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकाको डलास सहरको उत्तरमा रहेको एउटा व्यस्त सपिङ मलमा शनिबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको हो । घटनामा अन्य सात जना घाइते भएका छन् ।

एलेन प्रिमियम आउटलेट मल बाहिर गोली चलाउन थालेको एक प्रहरी अधिकारीले जनाएको छ । ‘बन्दुकको गोली चल्यो, आवाज सुनिन थाल्यो, त्यसपछि एम्बुलेन्स बोलाइयो’ सहरका प्रहरी प्रमुख ब्रायन हार्वेले शनिबार एक पत्रकार सम्मेलनमा भने ।

एलेन फायर डिपार्टमेन्टका प्रमुख जोन बॉयडले सोही पत्रकार सम्मेलनमा कम्तीमा नौ जनालाई गोली लागेर घाइते भएकाहरूलाई क्षेत्रीय अस्पतालमा लगेको बताएका छन् । उनले पीडितहरू कस्तो अवस्थामा छन् भन्ने बताएनन् । अल्जजिरा

प्रतिक्रिया दिनुहोस्
MBL