Logo

खेलकुद इतिहासमा सबैभन्दा धेरै तलब पाउने खेलाडी बने रोनाल्डो, अल नासरमा अनुबन्धन

खेलकुद इतिहासमा सबैभन्दा धेरै तलब पाउने खेलाडी बने रोनाल्डो, अल नासरमा अनुबन्धन



काठमाडौं । पोर्चुगलका फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको फुटबल क्लब अल नासारसँग सम्झौता गरेको पुष्टि गरेका छन् । यस अन्तर्गत रोनाल्डाले सन् २०२५ सम्म यस क्लबबाट खेल्नेछन् ।

फुटबल क्लब अल नसरले आफ्नो ट्वीटर पोस्टमा लेखेको छ–इतिहास रच्दै, यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो राष्ट्र, आगामी पुस्तालाई पनि ठूलो सफलता हासिल गर्न प्रेरित गर्नेछ । नासारमा स्वागत छ ।’

मिडिया रिपोर्टका अनुसार अल नासरमा रोनाल्डोको तलब दुई वर्षको लागि २० करोड डलर हुनेछ, जसको मतलब रोनाल्डोले एक वर्षमा करिब ८०० करोड रुपैयाँ कमाउन सक्छन् । यदि यस्तो भयो भने यो कुनै पनि खेलकुदको इतिहासमा सबैभन्दा धेरै तलब हुनेछ ।

यसअघि पनि अन्य साउदी क्लब अल हिलालबाट रोनाल्डोलाई अफर आएको थियो, जो रोनाल्डोलाई अल नासरभन्दा बढी अर्थात ३७० मिलियन डलर दिन तयार थिए । तर त्यतिबेला रोनाल्डोले म्यानचेस्टर युनाइटेडमै बस्ने निर्णय गर्दै आफू यहाँ खुसी रहेको बताएका थिए ।

यसअघि रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले हरेक हप्ता ६ लाख ५ हजार मिलियन डलर दिने गरेको थियो । अर्कोतर्फ, रोनाल्डोलाई अल नासरबाट हरेक हप्ता करिब १ मिलियन डलर दिइनेछ । अल नासर रियाद मा सन१९५५ मा स्थापित भएको थियो । यो साउदी अरबको सबैभन्दा पुरानो फुटबल क्लब हो र नौ साउदी प्रिमियर लिग उपाधि जितेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL