Logo

अमेरिकाद्वारा रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यात प्रतिबन्ध, राजस्वमा ४ करोड डलर बराबरको प्रभाव पर्ने

अमेरिकाद्वारा रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यात प्रतिबन्ध, राजस्वमा ४ करोड डलर बराबरको प्रभाव पर्ने



काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाले बाइडन प्रशासनले रुस र चीनलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

कम्पनीले बुधबार अमेरिकी सुरक्षा तथा र विनिमय आयोगद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी प्रशासनले एनभिडिया कर्पोरेसन नामक प्रबिधि कम्पनीलाई यूएसजीले कम्पनीको ‘ए १०० र आगामी एच १०० इन्टिग्रेटेड सर्किट’ लाई चीन (हङकङ सहित) र रूसमा भविष्यमा कुनै पनि निर्यातको लागि तत्काल कार्यान्वयनमा आउने गरी नयाँ इजाजतपत्र हुनुपर्ने अनिबार्य गरिएको २६ अगस्त २०२२ मा भएको निर्णयमा उल्लेख छ ।’

कम्पनीका अनुसार प्रविधिको निर्यात र सहयोगका लागि लागि नयाँ इजाजत पत्र आवश्यक छ, जसले गर्दा यी प्रविधिहरू सैन्य उद्देश्यका लागि प्रयोग गर्न सकिने जोखिम लाई समाप्त गर्दछ । कम्पनीले सम्भावित ग्राहकका लागि अनुमतिपत्रको लागि अनुरोध गर्न सक्छ, तर सरकारले इजाजत पत्र नदिन पनि सक्नेछ ।

‘नयाँ लाइसेन्स आवश्यकताले ‘एच १००’ को विकासलाई समयमै पूरा गर्न वा ‘ए १००’ का विद्यमान ग्राहकहरूलाई सहयोग गर्ने कम्पनीको क्षमतामा असर पार्न सक्छ र कम्पनीलाई चीनबाट केही अपरेसनहरू स्थानान्तरण गर्न आवश्यक हुन सक्छ ।

कम्पनीमा अमेरिकी सरकारको स्वामित्व छ र कम्पनीको आन्तरिक विकास र समर्थन गतिविधिहरूको लागि छूट खोज्दैछ,’ विज्ञप्तिमा भनिएको छ । ‘यो कदमले तेस्रो त्रैमासिकमा कम्पनीको राजस्वमा ४ करोड अमेरिकी डलर बराबरको प्रभाब पर्नेछ ।’

न्युयोर्क टाइम्सका अनुसार अर्को अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का उच्च प्रविधियुक्त उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडनले २८० अर्ब अमेरिकी डलरको ‘चिप्स एण्ड साइन्स एक्ट २०२२’ लागू गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यसमा चीनको बढ्दो प्राविधिक प्रभावको सामना गर्न अमेरिकी सेमीकन्डक्टर उत्पादकहरूका लागि ५२ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान समावेश छ । चीनले सेमीकन्डक्टरका स्थानीय उत्पादकहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकी चिप्ससम्बन्धी नयाँ कानूनको विरोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले गत महिना अमेरिकाले पारित गरेको नयाँ चिप्स एण्ड साइन्स एक्टले विश्वव्यापी आपूर्ति शृङ्खलालाई बिथोल्ने र अन्तर्राष्ट्रिय व्यापारमा बाधा पुर्याउने बताएका थिए ।

वाङले भने, ‘संयुक्त राज्य अमेरिकाले भनेको छ कि यस अधिनियमको उद्देश्य अमेरिकी प्रबिधि र सेमीकन्डक्टर उत्पादनको प्रतिस्पर्धात्मकता बढाउनु हो । तथापि, यस अधिनियमले चिप्स उत्पादन गर्ने अमेरिकी उद्यमहरूलाई ठूलो अनुदान प्रदान गर्दछ र उद्योग समर्थनको एक विभेदित नीति प्रस्तुत गर्दछ । यसमध्ये केही प्रावधानहरूले चीन र अमेरिकाबीचको सामान्य वैज्ञानिक र प्राबिधिक समन्वयमा प्रभाब पार्नुका साथै सामान्य लगानी र व्यापारमा सम्बन्धित चिनियाँ उद्यमहरूको आर्थिक गतिविधिहरू सीमित गर्छ ।’रासस

प्रतिक्रिया दिनुहोस्
MBL