Logo

विदेश भाग्न विमानस्थल पुगेका राष्ट्रपति गोटाबायाका भाई तथा श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले फर्काए

विदेश भाग्न विमानस्थल पुगेका राष्ट्रपति गोटाबायाका भाई तथा श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले फर्काए



काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीविरुद्धको प्रदर्शन जारी छ । यसपटक सबै प्रदर्शनकारीहरू आ–आफ्ना मुडमा देखिएका छन् र राष्ट्रपति, प्रधानमन्त्रीको घरमा शिविर लगाएर बसेका छन् । हाम्रा माग नमान्दासम्म हामी यहाँबाट नहट्ने सबैको भनाइ छ ।

श्रीलंकाको प्रमुख विपक्षी दल समगी जना बालवेगया (एसजेबी) ले सोमबार सर्वसम्मतिले सजिथ प्रेमदासालाई अन्तरिम राष्ट्रपतिको लागि मनोनयन गर्ने निर्णय गरेको छ । साथै, जुलाई २० मा श्रीलंकाको संसदमा नयाँ राष्ट्रपति चयन हुनेछ ।

यसैबीच देश छोडेर भाग्न खोजेका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई कर्मचारीले रोकेका छन् । प्रदर्शनकारीको डरले बसिल राजापाक्षे विदेश फरार हुन चाहन्थे तर विमानस्थलका कर्मचारीले त्यसको कडा विरोध गरेपछि उनी पछि हट्न बाध्य भएका थिए ।

सञ्चारमाध्यमका अनुसार बासिल राजापाक्षे कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि गए राति विमानस्थलका अध्यागमन कर्मचारी र युनियनले काम रोकेर उनको विरोधमा प्रदर्शन गर्न थाले । कर्मचारीहरुले नाराबाजी समेत गरेका थिए । बासिल राजापाक्षे सिल्क रुट प्रयोग गरेर श्रीलंकाबाट बाहिर जान चाहन्थे ।

कोलम्बोको टेम्पल ट्री भित्र दुई समूहबीच झडप हुँदा आठ प्रदर्शनकारी घाइते भएका र कोलम्बोको नेसनल अस्पतालमा भर्ना भएका छन् । श्रीलंकाको संसदले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्नेछ। सभामुख महिन्दा यापा आबेरदानेले सोमबार सो जानकारी दिएका हुन् । अबेभेर्डेनले एक विज्ञप्तिमा संसद शुक्रबार फेरि बोलाउने र पाँच दिन पछि नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्ने उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL