Logo

मस्कको ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता होल्डमा, कारण यस्तो छ

मस्कको ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता होल्डमा, कारण यस्तो छ



काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन् । मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ ।

मस्कले यस हप्ताको शुरुमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती भएको बताएका थिए । यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्टाउने बताएका थिए ।

हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्विटर अधिग्रहण गर्ने सहमत भएको छ । यद्यपि यो अझै पनि शेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL