Logo

उत्तर कोरियामा एक जनामा कोभिड १९ को संक्रमण भेटिएपछि किम सरकारले भन्यो-राष्ट्रिय संकटको अवस्था

उत्तर कोरियामा एक जनामा कोभिड १९ को संक्रमण भेटिएपछि किम सरकारले भन्यो-राष्ट्रिय संकटको अवस्था



काठमाडौं । उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो । यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL