Logo

एयर इन्डियाको शतप्रतिशत सेयर विक्री, टाटा समुहको प्रस्ताव स्विकृत

एयर इन्डियाको शतप्रतिशत सेयर विक्री, टाटा समुहको प्रस्ताव स्विकृत



काठमाडौं । घाटामा चलिरहेको भारतीय ध्वजाबाहक बायुसेवा कम्पनी एयर इन्डिया विक्री भएको छ । सरकारले शतप्रतिशत सेयर स्वामित्व टाटा समुहलाई हस्तान्तरण गरेको हो ।

यसअघि सरकारले सन २००० मै कम्पनी बेच्ने निर्णय गरेपनि उक्त समयमा विक्री सफल भएको थिएन । तर सरकारको यसपटक आह्वान गरेको विक्री प्रस्तावमा भने बहुराष्ट्रिय व्यापारिक समुह टाटा सन्सले प्रस्ताव हालेको थियो ।

उक्त प्रस्तावमा टाटाले १ खर्ब ५० अर्ब भारतीय रुपैयाँ प्रस्ताव गरेको बताईएको छ । तर एयर इन्डियाले भने हालसम्म टाटाको प्रस्ताव स्विकृत गरेको जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL