Logo

तिब्बतकै ठुलो विमानस्थल संचालनमा, ९० लाख यात्रु र ८० हजार मेट्रिक टन कार्गो व्यवस्थापन गर्न सक्ने

तिब्बतकै ठुलो विमानस्थल संचालनमा, ९० लाख यात्रु र ८० हजार मेट्रिक टन कार्गो व्यवस्थापन गर्न सक्ने



काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्मकै ठुलो विमानस्थल संचालनमा ल्याईएको छ । तिब्बतको हालसम्मकै ठुलो विमानस्थल मानिएको उक्त विमानस्थलबाट दक्षिण एशियाली मुलुकसँग कनेक्टिभिटी बढाउने उद्देश्य लिईएको छ । शनिबारबाट सञ्चालनमा ल्याइएको ल्हासास्थित गोगंगर विमानस्थलको टर्मिनल–३ तिब्बतियन प्लेटोमै अहिलेसम्मकै ठूलो हो ।

तिब्बत र दक्षिण एशियाली मुुलुकबीच कनेक्टिभिटी स्थापना गर्न यस टर्मिनलले महत्वपूर्ण भूमिका खेल्ने चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले जनाएको छ । वाह्य र घरेलु दुबै प्रयोजनमा यस विमानस्थलले ठूलो भूमिका खेल्ने जनाइएको छ ।

३ हजार ५ सय ७० मिटर उचाईमा रहेको विश्वकै सबैभन्दा उचाईको नयाँ टर्मिनल बनेसँगै विमानस्थलले ९० लाख यात्रु र ८० हजार मेट्रिक टन कार्गो व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ ।

६० करोड डलर लागतमा निर्मित यस टर्मिनलको निर्माण कार्य सन् २०१७ बाट थालिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL